Shikhar Insurance

अर्थमा जनार्दनः कोरोनामाथि अर्थतन्त्रलाई जिताउने चुनौती, नयाँ कुलमान जन्माउने अवसर

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार २१:२१
NIMB
Nabil Bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ अर्थमन्त्री बनेका छन् । माओवादी जनयुद्धका डेपुटी कमान्डर शर्माले पहिलोपल्ट अर्थ मन्त्रालयको बागडोर सम्हाल्दैछन् ।

शेरबहादुर देउवा सरकारमा माओवादी केन्द्रका तर्फबाट उनी मन्त्री बनेका हुन् । शर्मा यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री तथा नेपाली काँग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदा गृहमन्त्री थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनको ऊर्जा मन्त्रालयको कार्यकाललाई नेपाली इतिहासमा सुनौलो समयका रूपमा हेरिन्छ । काठमाडौंबाट सुरू भएको लोडसेडिङ अन्त्य गर्ने अभियान देशैभर पुर्‍याएका कुशल व्यवस्थापक कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको नेतृत्वको अवसर उनै शर्माले दिएका थिए ।

माओवादी जनमुक्ति सेनाका चारजना डेपुटी कमाण्डरमध्ये एक हुन्, शर्मा । उनी रूकुम पश्चिमबाट निर्वाचित सांसद हुन् ।

शर्माका बाबु स्कन्द शर्मा रुकुममा कम्युनिष्ट पार्टीलाई संस्थागत गर्नेमध्येका एक थिए । राजनीतिक परिवारमा हुर्केका शर्मा २०३४ सालदेखि नै राजनीतिमा लागेका हुन् । जनयुद्धको समयमा शर्माले कहिले सेना कहिले सङ्गठन गर्दै धेरै समय सेती महाकालीतिर बिताएका थिए । प्लाटुन, बटालियन कमिसार हुदै डिभिजन कमाण्डर ७ वटा डिभिजन भएपछि प्रभाकर डेपुटी कमान्डर भएका थिए । शिक्षा शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका छन् ।

जनयुद्धको उनै कमाण्डरसँग आज अर्थ मन्त्रालय कमाण्ड गर्ने अवसर छ । कोरोना महामारीका माझ सिथिल अर्थतन्त्र पूर्ववत् स्थितिमा फर्काउन शर्मालाई ठूलो चुनौती छ ।

नयाँ आर्थिक वर्ष सुरू हुँदै गर्दा मन्त्रालयमा बसेर उनले निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेट कार्यान्वयन गर्ने वा त्यसलाई खारेज गरेर नयाँ शिराबाट अघि बढ्ने विकल्प छ । खासगरी निजीक्षेत्रको भावनासँग एक हुँदै देशको आर्थिक प्रणालीलाई सही तबरबाट सञ्चालनको भुमिका निर्वाह गर्नुपर्ने छ । मौद्रिक पाटोमा आर्थिक वृद्धि र मुद्रास्फीतिको लक्ष्यलाई बान्छनीय सीमाभित्र राखी मुद्राबजारलाई यथावत् स्थितिमा चलायमान बनाइराख्ने चुनौती उनीसँग छ ।

निकट भविष्यमा जारी हुने मौद्रिक नीतिलाई बैंक, वित्तीय संस्था तथा सेयर बजारको मर्मअनुसारको बनाउन निर्देशन दिए समस्त अर्थबजारले उनलाई रूचाउन सक्छ ।

यो चुनौतीमाझ उनीसँग अवसरका बाटा पनि छन् । उनी आफू मातहतका निकाय, विभाग तथा विभिन्न संस्थामा कुसल नेतृत्व पठाउन सक्छन् । शर्मालाई व्यक्ति चिन्न सक्ने खुबी भएको नेताको रूपमा हेरिन्छ । विशेष गरी ठीक नियुक्तिमार्फत् बजेट खर्च तथा राजस्व प्रणालीमा रहेका विसंगति निर्मुल पार्न तथा चुहावट नियन्त्रण गर्न सके शर्माको अर्थ मन्त्री कार्यकाल अर्को स्वर्णीम युग हुनेमा दुई मत छैन ।

आवको सुरू हुनुअघि नै नियुक्ति हुँदा उनीसँग बजेट खर्च गराउन सक्ने वातावरण बनाउने चुनौती पनि छ । आउने दिनमा युवराज पूर्व अर्थमन्त्री युवराज खतिवडा झैं होल्ड गर्ने कि निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले झैं वितरण गर्ने उनको कार्यकालले महसुस गराउने नै छ । यद्यपी सफल बन्ने हो भने उनले सबैको मन जित्ने गरी काम गर्न र त्यसबाट प्राप्त विश्वासलाई कार्यक्षमताका आधारमा नतीजा दिन सक्नुपर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्