Shikhar Insurance

मन्त्रालय टुक्र्याउने प्रधानमन्त्रीको तयारी

सिंहदरबार संवाददाता
२०७८ असार ३०, बुधबार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रालय टुक्रयाउने तयारी गरेका छन् । मन्त्रालय भागवण्डालाई व्यवस्थित बनाउन देउवालले केही मन्त्रालय विभाजन गरी आफ्ना नेता रिझाउने तयारी गरेका हुन् ।

स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिचाईं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण लगायत ठूला मन्त्रालय टुक्र्याउने तयारी गरिएको छ । यसरी २१ वटाको संख्यामा रहेको मन्त्रालयको संख्या २४ पुर्‍याउने तयारी छ । आफूसमेत गरी मन्त्रिपरिषदत २५ फुल मन्त्री रहने गरी तयारी गरिएको स्रोतले सिंहदरबारलाई जानकारी दियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको आसन्न महाधिवेसनलक्षित रणनीतिस्वरुप मन्त्रालय टुक्र्याउने भएका हुन् । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसमेतलाई खुसी बनाएर आफूलाई भावि महाधिवेसनमा सघाउने काँग्रेस नेताहरुलाई मन्त्री पद दिने देउवाको तयारी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्