Shikhar Insurance

ओली सरकारको अन्तिम कोशेलीः गाडीभाडा २८ प्रतिशतले बढाएर बिदा

सिंहदरबार संवाददाता
२०७८ असार ३०, बुधबार १६:२६
NIMB
Nabil Bank

काठमाडौं । लामोदुरीको गाडीभाडा २८ प्रतिशत बढेको छ । निवर्तमान केपी ओली सरकारका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङको सहमतिमा यातायात व्यवस्था विभागले हिजो मंगलबार (असार २९ गते) गाडी भाडा बढाउने निर्णय गरेको हो ।

निर्णय अनुसार लामोदुरीमा चल्ने अर्थात राष्ट्रियस्तरका सार्वजनिक रूटमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढेको हो । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर २० प्रतिशत तथा तराईमा चल्ने मालबाहक सवारीको भाडा २६ प्रतिशतले बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

केपी सरकार बिदा हुँदै गर्दा भाडादर बढाइएको हो । भाडादर बढेको जानकारी विभागले बुधबारमात्र सार्वजनिक गरेको छ ।
हाल यातायात मन्त्रालयमा मन्त्री छैनन् ।
यातायात व्यवसायीले लामो समयदेखि भाडा बढाउन माग गर्दै आएका थिए । तर, आलोचना हुने भन्दै भाडा बढाउन रोकिएको थियो । मन्त्रालयबाट बिदा हुने पक्का भएपछि मन्त्री नेम्वाङले तत्कालीन प्रधानमन्त्री ओलीकै सहमतिमा भाडादर बढाउने पक्का गरेका थिए ।
पछिल्लो समय २०७५ असोजमा भाडा बढाइएको थियो । सवारी साधनको भाडादर निर्धारण इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानि निर्धारण गरिन्छ ।
३ वर्षअघिको भाडा अध्ययनबाट नभइ समग्रमा १० प्रतिशतले बढाइएको थियो ।

विभागले गरेको अध्ययनका आधारमा श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रास कट्टी, सञ्चालन मुनाफा लगायत सूचकका आधारमा भाडा बढाइनुपर्ने निष्कर्श निकालिएको थियो । यससँगै लामोदुरीको भाडा एकतिहाइले महंगिने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्