Shikhar Insurance

राष्ट्र बैंकको एप सार्वजनिक, वेबसाइटका कुरा अब मोबाइल एपमै हेर्न मिल्ने

सिंहदरबार संवाददाता
२०७८ असार ३०, बुधबार १६:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल एप सार्वजनिक गरेको छ । भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरिन् ।

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिनेछ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिनेछ ।

एप तत्कालका लागि गुगल प्लेस्टोरमा मात्र उपलब्ध हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्