Shikhar Insurance

वाणिज्य बैंक शाखा बढाउँदै, विकास बैंक घटाउँदै, फाइनान्स र लघुवित्तको अवस्था कस्तो ?

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १३:४७
NIMB
Nabil Bank

काठमाडौं । ७ सय ५३ स्थानीय तहमध्ये अझै ३ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७८ जेठसम्मको विवरण अनुसार हालसम्म कुल ७ सय ५० स्थानीय तहमा मात्रै वाणिज्य बैंकहरुको शाखा पुगेका छन् । त्यसरी शाखा नपुग्ने स्थानीय तहरुमा धादिङको रुबीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साइपल गाउँपालिका रहेका छन् ।

राष्ट्र बैंकका अनुसार २०७८ जेठ मसान्तमा १३८ बैंक तथा वित्तिय संस्था सञ्चालनमा छन् । तीमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७ सय ६५ रहेकोमा २०७८ जेठ मसान्तमा १० हजार ६ सय ११ पुगेको छ ।

घटे बैंक तथा वित्तिय संस्थाको संख्या पनि

बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा हालसम्म २ सय २० वटा संस्था सहभागी भएका छन् र ती १ सय ६६ वटा खारेज भई ५४ वटा बनेका छन् ।

२०७७ असार मसान्तदेखि २०७८ जेठ मसान्त अवधीमा १७ वटा बैंक तथा वित्तिय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएर बिलाएका छन् ।

जेठ अवधीमा २ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी १३ वटा लघुवित्त कम्पनीको अस्थित्व समाप्त भएको छ ।

११ महिनाम थपिए ८ सय ४६ शाखा

चालु आर्थिक वर्षको ११ महिनामा क, ख, ग र घ वर्गका बैंक तथा वित्तिय संस्थाहरुले ८ सय ४६ वटा शाखा विस्तार गरेका छन् । २०७७ असार मसान्तमा ९ हजार ७ सय ६५ वटा शाखा थिए भने २०७८ जेठ मसान्तमा आइपुग्दा त्यस्तो शाखा संख्या १० हजार ६ सय ११ पुगेको छ ।

वाणिज्य बैंकहरुले २५८ वटा शाखा विस्तार गरेका छन् । ४ हजार ४ सय ३६ वटा रहेको शाखा अहिले ४ हजार ६ सय ९४ वटा पुगेको छ ।

विकास बैंकहरुको शाखा संख्या भने १ हजार २९ वटाबाट घटेर १ हजार १६ वटामा झरेको छ । फाइनान्स कम्पनीहरुको शाखा भने २१ वटाले बढेर २ सय ६४ वटा पुगेको छ ।

लघुवित्त कम्पनीहरुको शाखा सञ्जाल भने ५ सय ८० वटाले विस्तार भएको छ । २०७७ असार मसान्तमा लघुवित्तहरुको शाखा ४ हजार ५७ वटा थियो भने २०७८ जेठमा आईपुग्दा ४ हजार ६ सय ३७ वटा पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्