Shikhar Insurance

आयो युनियन लाइफको आईपीओ नतीजा, तपाईंलाई पर्‍यो ? (यहाँ हेर्नुहोस्)

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १९:५६
NIMB
Nabil Bank

काठमाडौं । युनियन लाइफको आईपीओ बाँडफाँडको नतीजा हेर्न मिल्ने भएको छ । बिहीबार साँझ कम्पनी र बिक्री प्रबन्धक प्रभु क्यापिटको आयोजनामा आईपीओ बाँडफाँड भएको हो ।

बाँडफाँड भएको साढे २ घन्टामै नतीजा हेर्न मिल्ने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा सिडिएससिको वेवसाइट एवं युनियन लाइफ इन्स्योरेन्सको वेवसाइट बाट हेर्न सकिने भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ ।

आईपीओ बाँडफाँडमा लक्कि नम्बर ६ निस्किएको थियो। जसअनुसार ५ लाख ८० हजार ५ सय जना आवेदकले १०–१० कित्ता सेयर पाएका छन् । कुल २१ लाख १७ हजार योग्य आवेदकमध्ये १५ लाख ३६ हजारको हात खाली भएको हो ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयरको निष्काशनमा आवेदन दिने २१ लाख ८२ हजार ७ सय ७५ आवेदन मध्ये दोहोरो आवेदनका कारणबाट रद्ध भएका ४ हजार ८ सय १ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटा मध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई असार २४ गते देखि २८ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल सेयर ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ५.९२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्