Shikhar Insurance

टेलिकमको दाबीः सर्भर ह्याक भएको छैन

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार २१:२६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमको सर्भरमा ह्याकरको आक्रमण नभएको दाबी गरेको छ । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।

त्यस पश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको छ । आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्