Shikhar Insurance

बीमा समिति डिजिटल युगमा, कम्पनीहरू फाइल बोकेर धाउनु नपर्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण १, शुक्रबार १२:४१
NIMB
Nabil Bank

काठमाडौं । बीमा समिति डिजिटल युगमा प्रवेश गरेको छ । समितिमा नयाँ सर्भर र नयाँ सफ्टवेयर इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिन्टम (आईआरएमआईएस) को व्यवस्था भएको हो ।

अब, बीमा समितिलाई पठाउनु पर्ने तथ्यांक तथा विवरण सीधै प्रणालीमा इन्ट्री गर्न सकिन्छ । बीमा समितिलाई डिजिटल युगमा प्रवेश गराउने नयाँ सफ्टवेयर दर्शन टेक प्रालीले तयार पारेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा समितिले सूचना प्रविधिलाई उच्च प्राथमिकता दिएको छ। त्यस अनुरुप हाल बीमा समितिमा नयाँ सर्भर र नयाँ सफ्टवेयर इन्स्योरेन्स रेगुलेटोरी मेनेजमेन्ट इनफरमेशन सिस्टमको व्यवस्था गरेको हो । यो प्रणालीले बीमकहरुबाट समितिलाई पठाउनुपर्ने महत्त्वपूर्ण तथ्याङ्कहरु उपलब्ध गर्ने कार्य कठिनाई रहेको हुँदा समग्र बीमा व्यवसायको तथ्याङ्क व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालाहरुका काम समयमै छिटो, छरितो रुपमा सम्पन्न गर्न मदत गर्नेछ ।

समितिमा बीमा कम्पनीहरुले आफ्ना वित्तीय विवरण लगातका अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभई अब नयाँ सफ्टवेयर मार्फत अनलाइन माध्यमबाट बुझाउन सक्नेछन् ।

नयाँ सफ्टवेयरले कम्पनीहरुबाट कानून सम्बन्धी, उजूरी सम्बन्धी, नियमन सम्बन्धी, नीति विश्लेषण सम्बन्धी, परिपालन सम्बन्धी साथै दाबी तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरणहरु प्राप्त गर्न सक्नेछ । बीमालेख तथा बीमाङ्की सम्बन्धी, अण्डरराइटिङ् सम्बन्धी, वित्तीयरलेखापरीक्षण सम्बन्धी, सूचना प्रविधि सम्बन्धी विवरणहरु पनि अनलाइनबाटै प्राप्त हुनेछ ।

स्थलगत सुपरीवेक्षण सम्बन्धी, गैरस्थलगत सुपरीवेक्षण सम्बन्धी,कृषि तथा लघु बीमा सम्बन्धी, पुनर्बीमा सम्बन्धी विवरणहरु पनि अनलाइन प्रणालीमै उपलब्ध हुनेछ । साथै, इजाजत सम्बन्धी, बीमा अभिकर्ता र सर्भेयर सम्बन्धी, व्यवस्थापन सूचना प्रणाली सम्बन्धी विवरणहरु पनि सहजै खोज्न सकिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्