Shikhar Insurance

लगानीकर्तालाई खुसीको खबर, नेसनल ग्रिडमा जोडियो सिंगटी हाइड्रो, वार्षिक ७२ करोड रूपैयाँको बिजुली बेच्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २, शनिबार ११:१२
NIMB
Nabil Bank

काठमाडौं । सिंगटी जलविद्युत आयोजना राष्ट्रिय प्रशारलाइनमा जोडिएको । दोलखामा निर्माण सम्पन्न आयोजना निर्माण कम्पनी सिंगटी हाइड्रो इनर्जीले आफ्नै पहलमा प्रशारणलाइन निर्माण गरेर लामोसाँघुस्थित प्रशारणलाइनमा परियोजना जोडेको हो ।

कालिञ्चोक र विगु गाउँपालिकास्थित सिंगटी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावाट क्षमताको आयोजनाको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । यस अघिनै निर्माण सम्पन्न भएर सफल परिक्षण सकिएको सिंगटीले उत्पादन गरेको विद्युत शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, “आयोजनाबाट उत्पादित विद्युत नेसनल ग्रिडमा जोड्न सफल भएका छौं । सिंगटी लामोसाँघु प्रसारणलाइनको परिक्षण सफल भएपछि उत्पादित विद्युत सोही प्रसारण लाइनमार्फत नेसनल ग्रिडमा जोडिएको हो ।”

पहिलो चरणमा प्रतिसेकेण्ड ५ हजार लिटर पानी छोडिँदा २ वटा टर्वाइनमार्फत विद्युत उत्पादन सुरु भएको छ । शुक्रबार दिउसोको ३ बजेदेखि उत्पादित विद्युत प्रशारण लाइनमा जोडिएको हो । हाल खोलामा पर्याप्त पानी हुँदा क्षमताअनुसार नै विद्यूत उत्पादन भइरहेको छ ।

डेढ वर्ष अघि नै निर्माण सम्पन्न भएको भएपनि प्राधिकरणले टेस्टिङका लागि ढिलाइ गर्दै आएको थियो । प्रशारणलाइन निर्माण सम्पन्न नहुँदा ४५ प्रतिशत फाइन तिर्नुपर्ने भएपछि प्राधिकरणले टेस्टिङमा चासो देखाएको थिएन ।

ढिलाइ हुँदै आएको काम ३ महिना अघि नेपाल विद्युत प्राधिकरणले भौतिक रुपमा उपस्थित भएर टेस्टिङको काम सम्पन्न गरेको थियो । कम्पनीले निषेधाज्ञाका बेलापनि आफ्नै पहलमा जनशक्ति झिकाएर काम सकेको हो ।

सिंगटीले प्राधिकरणलाई वार्षिक ७२ करोड रुपैयाँको बिजुली बेच्नेछ । र, त्यो वार्षिक ३ प्रतिशतले बढ्दै जानेछ । सिंगटी खोलामा पानीको डिस्चार्ज साह्रै राम्रो छ । ट्रान्स्मिसन लाइन २ सय मिटरमात्र लामो छ । यसकारण ट्रान्स्मिसन लस छैन ।

सिंगटी सुपर सिक्स मध्येको नमुना आयोजना हो । नेपाल विद्युत प्राधिकरणले २०६७ सालमा सबैभन्दा छिटो विद्युत उत्पादन हुने ६ वटा आयोजनाहरु फास्ट ट्रयागकबाट बिजुली उत्पादन गर्न भन्दै सुपर सिक्स नामकरण गरि निजी क्षेत्रलाई जिम्मा लगाएको थियो । तीमध्ये सिंगटी सबैभन्दा चाँडो बिजुली उत्पादन गरी प्रशारणलाइनमा जोडिने आयोजना हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्