Shikhar Insurance

दुई तिहाईले काम गर्न नसकेको बेला ग्रह कुण्डलीको सरकारबाट के आश गर्नु ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार २०:५३
NIMB
Nabil Bank

काठमाडौं । राप्रपाका सांसद राजेन्द्र लिङदेनले दुई तिहाईको सरकारले मुलुकका लागि कुनै ठोस काम गर्न नसकेको अवस्थामा ग्रह कुण्डलीबाट बनेको सरकारबाट के आश गर्नु भनि प्रश्न गरेका छन् ।

‘दुई तिहाईबाट बनेको सरकारले केहि गर्न नसकेका बेला संयोगले ग्रह कुण्डलीले बनेको सरकारले धेरै के आश गर्नु र ? तर सरकारले राम्रो गर्न नसके पनि नराम्रो नगर्नुस’, सांसद लिङदेनले भने । उनले देउवा सरकारको पनि प्रारम्भ भने ठिक नभएको बताए । ‘यो सरकारको पनि प्रारम्भ राम्रो छैन्, बालुवाटार भनेको प्रधानमन्त्री निवास हो, पार्टी कार्यालय वा क्याटरिङ हाउस होइन् । यस्ता कुराको ख्याल गर्नुस’, लिङदेनले भनेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले आफु विगत चार वर्षदेखि सबै अनियमिता र अत्याचारहरुको एक्लो साक्षीका रुपमा संसदमा बसेको पनि बताए । ‘म भ्रष्टाचार र अनियमिताहरुको एक्लो साक्षी हुँ । हामीले भ्रष्टाचारको ढुङगुरमाथि बसेर सुद्धताको मन्त्र पढेका छौैं ।’, लिङदेनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्