Shikhar Insurance

कोरोना प्रभावित उद्यमी व्यवसायीका लागि राहत प्याकेज ल्याउनुपर्छः डा. बाबुराम भट्टराई

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार २१:२४
NIMB
Nabil Bank

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत प्याकेज ल्याउनुपर्ने बताएका छन् । संसदमा प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने घोषणा गर्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले भने–‘अर्थतन्त्र तहसनहस भएको छ, साना उद्यमी व्यवसायीको अवस्था संकटमा छ । यातायात व्यवसायी, पर्यटन व्यवसायीलाई पुनकर्जाले मात्रै पुग्दैन् । राहत प्याकेज ल्याउनुपर्छ ।’

ओली सरकारले अध्यादेश मार्फत गलत ढंगले बजेट ल्याएको बताउँदै त्यसलाई पनि सच्याएर आर्थिक पुनरुत्थान केन्द्रित बनाउनुपर्नेमा पनि जोड दिए । ‘अध्यादेश मार्फत बजेट गलत ढंगले ल्याईयो, त्यसले केहि पनि सम्बोधन गरेन । कोरोना खोप र आर्थिक पुनरुत्थानका लागि प्याकेज ल्याउनुपर्छ ।’, डा. भट्टराईले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सुशासनका सवालमा सबै नेता र राजनीतिक दलहरु चुकेको स्वीकार पनि गरे । उनले सुशासनमा चुकेकाले सबैले म म भन्नुपर्ने धारणा राखे । बायुसेवा निगमलाई निश्चित व्यक्तिको जिम्मा लगाउने गरि प्रक्रिया अघि बढाएको बारे सरकारले छानविन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

अब विश्व राजनीति नेपाल केन्द्रित हुने भएकाले सन्तुलित विदेशी नीति अवलम्बन गर्नुपर्ने बताए । ‘उत्तर, दक्षिण र पश्चिमाहरुको भूराजनितिमा परिवर्तन आएको छ, हामीले दुई देशबीचको गतिशिल पुल बन्नुपर्छ । त्यतिले मात्रै नपुगेर संसारलाई सन्तुलनमा राख्ने नीति अख्तियार गर्नुपर्छ’, डा. भट्टराईले भने । उनले अब विश्वका शक्ति राष्ट्रहरु सिरिया हुँदै अफगानिस्तान र नेपालमा केन्द्रित हुने दावी पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्