Shikhar Insurance

सामाजिक सुरक्षा कोष विरुद्ध बैंकका कर्मचारीले निकाले जुलुस

सिंहदरबार संवाददाता
२०७८ श्रावण ४, सोमबार १०:३६
NIMB
Nabil Bank

काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले जुलुस निकालेका छन् । मंगलबार बैंकका कर्मचारीहरुले रत्नपार्क घण्टाघर क्षेत्रमा बिरोध जुलुस निकालेका हुन् ।

उनीहरुले ‘ब्याक अफ एसएसएफ’ लेखिएको प्लेकार्ड बोकेका छन् । सामाजिक सुरक्षा कोषले खाईपाई आएको सुबिधा घट्ने गरि आवद्ध हुने जबरजस्ति गरेको भन्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा नविल बैंक, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाण्डू लगायतका अधिकांश बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु सहभागी थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

नबिल बैंक कर्मचारी युनियनका अध्यक्ष सबिन भट्टराईले बैंकका कर्मचारीहरुले खाईपाई आएको सुबिधा खोस्ने गरि सञ्चालनमा रहेको सामाजिक सुरक्षा कोषमा यथास्थितिमा आवद्ध हुन नसकिने निष्कर्षसहित आन्दोलन सुरु गरेको बताए । जुलुसमा तीन हजारको हाराहारीमा बैंकका कर्मचारीहरु सहभागी रहेको दावी पनि उनले गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्