Shikhar Insurance

अर्को जीवन बीमा कम्पनीको आईपीओ आउँदै, सन नेपालको साधारणसभामा पुग्यो एजेन्डा

सिंहदरबार संवाददाता
२०७८ श्रावण ४, सोमबार ११:५७
NIMB
Nabil Bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आह्वान गरेको वार्षिक साधारण सभामा आईपीओ जारी गर्ने प्रस्ताव पुगेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा साउन २५ गते कम्पनीको कर्पोरेट कार्यालय, कमलादीमा दिउँसो ३ बजे सुरु हुनेछ । कम्पनीको सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ भने आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षक नियुक्त गरि पारिश्रमिक पनि निर्धारण गर्नेछ । सभाले सञ्चालक नियुक्तिको विषय पनि अनुमोदन गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्