Shikhar Insurance

वाणिज्य बैंकहरुमा भएको कुल निक्षेप ४२ खर्ब नाघ्यो, वर्षदिनमा ७ खर्ब ११ अर्बले विस्तार

कर्जा/निक्षेपको तथ्यांकमा हेरौं, सबैभन्दा बढी र सबैभन्दा कम
सिंहदरबार संवाददाता
२०७८ श्रावण ४, सोमबार १५:३६
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुले संकलन गरेको कुल निक्षेप ४२ खर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा निक्षेप ७ खर्ब ११ अर्बले बढेर ४२ खर्ब १ अर्ब पुगेको हो ।

नेपाल बैंकर्स संघका अनुसार अघिल्ला आव २०७६/७७ को अन्त्यसम्म वाणिज्य बैंकहरुमा कुल ३४ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको लाइसेन्स प्राप्त बैंकहरुले प्रवाह गरेको कर्जाको आकार भने ८ खर्ब १५ करोडले विस्तार भएको छ । २०७७ असार मसान्तसम्म बैंकहरुले २९ खर्ब ५ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेकामा २०७८ असार मसान्त आइपुग्दा त्यो बढेर ३७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरुको बढेको निक्षेप र कर्जाको हिस्सामा सबैभन्दा बढी योगदान एनआईसी एशिया बैंकको छ । एनआईसीले गत आवभर ८९ अर्बबराबरको निक्षेप संकलन गरी ९१ अर्बको कर्जा प्रवाह गरेको छ ।

दोस्रो धेरै निक्षेप बढाउने बैंक ग्लोबल आईएमई हो जसले निक्षेप संकलन ५६ अर्बले बढाएर २ खर्ब ८३ अर्ब पुर्‍याएको छ । यस्तै तेस्रोमा रहेको सिटिजन्स बैंकले निक्षेप ५० अर्बले बढाएको छ ।

आव २०७७/७८ मा २ विदेशी बैंकको निक्षेप घटेको छ । यस्तै असार महिनामा ३ वटा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ ।

आव २०७७/७८ मा निक्षेप घटाएका बैंकहरुः
१) नेपाल एसबीआई बैंक
२) स्ट्यान्डर्ड चार्ट बैंक

असार महिनामा निक्षेप घटाएका बैंकहरुः
१) एनआईसी एशिया बैंक
२) नेपाल एसबीआई बैंक
३) सानिमा बैंक

यस्तै, कर्जातर्फ आव २०७७/७८ मा प्रगति गरेका छन् जबकि असार महिनामा ७ वटा बैंकको कर्जा प्रवाह घटेको छ ।

असार महिनामा कर्जा घटाएका बैंकहरुः
१) एनआईसी एशिया बैंक
२) सिभिल बैंक
३) माछापुच्छ्रे बैंक
४) नेपाल इन्भेस्टमेन्ट बैंक
५) एनएमबी बैंक
६) नेपाल एसबीआई बैंक
७) प्रभु बैंक

 

कर्जा/निक्षेपको तथ्यांकमा हेरौं, सबैभन्दा बढी र सबैभन्दा कमः

क) सबैभन्दा बढी

आव २०७७/७८ मा सबैभन्दा बढी निक्षेप बढाउने बैंकहरुः
१) एनआईसी एशिया बैंकः ८९.४१ अर्ब रुपैयाँ
२) ग्लोबल आईएमई बैंकः ५६.७० अर्ब रुपैयाँ
३) सिटिजन्स बैंक इन्टरनेसनलः ५०.८० अर्ब रुपैयाँ
४) सिद्धार्थ बैंकः ३९.२६ अर्ब रुपैयाँ
५) प्रभु बैंकः ३३.२१ अर्ब रुपैयाँ

आव २०७७/७८ मा सबैभन्दा बढी कर्जा विस्तार गर्ने बैंकहरु
१) एनआईसी एशिया बैंकः ९१.१० अर्ब रुपैयाँ
२) नबिल बैंकः ५२.६४ अर्ब रुपैयाँ
३) राष्ट्रिय वाणिज्य बैंकः ४३.२८ अर्ब रुपैयाँ
४) ग्लोबल आईएमई बैंकः ४२.५१ अर्ब रुपैयाँ
५) सिटिजन्स बैंक इन्टरनेसनलः ४२.२९ अर्ब रुपैयाँ

हालसम्मकै सबैभन्दा बढी निक्षेप भएका बैंकहरुः
१) एनआईसी एशिया बैंकः ३००.२५ अर्ब रुपैयाँ
२) ग्लोबल आईएमई बैंकः २८३.३४ अर्ब रुपैयाँ
३) राष्ट्रिय वाणिज्य बैंकः २६४.१० अर्ब रुपैयाँ
४) नबिल बैंकः २२८.०१ अर्ब रुपैयाँ
५) सिद्धार्थ बैंकः १८५.२० अर्ब रुपैयाँ

हालसम्मकै सबैभन्दा बढी कर्जा भएका बैंकहरु
१) एनआईसी एशिया बैंकः २६४.८४ अर्ब रुपैयाँ
२) ग्लोबल आईएमई बैंकः २४२.५० अर्ब रुपैयाँ
३) नबिल बैंकः २०५.६५ अर्ब रुपैयाँ
४) राष्ट्रिय वाणिज्य बैंकः १९९.७६ अर्ब रुपैयाँ
५) नेपाल इन्भेस्टमेन्ट बैंकः १६७.१९ अर्ब रुपैयाँ

ख) सबैभन्दा कम

आव २०७७/७८ मा सबैभन्दा कम निक्षेप बढाउने बैंकहरुः
१) नेपाल एसबीआई बैंकः –४.१८ अर्ब रुपैयाँ
२) स्ट्यान्डर्ड चार्टर्ड बैंकः –२.९२ अर्ब रुपैयाँ
३) नेपाल इन्भेस्टमन्ट बैंकः ७.४६ अर्ब रुपैयाँ
४) बैंक अफ काठमाण्डूः ११.०६ अर्ब रुपैयाँ
५) मेगा बैंक नेपालः १३.३९ अर्ब रुपैयाँ

आव २०७७/७८ मा सबैभन्दा कम कर्जा विस्तार गर्ने बैंकहरु
१) नेपाल एसबीआई बैंकः ७.२७ अर्ब रुपैयाँ
२) नेपाल बंगलादेश बैंकः ९.८० अर्ब रुपैयाँ
३) स्ट्यान्डर्ड चार्टर्ड बैंकः १४.५३ अर्ब रुपैयाँ
४) एभरेस्ट बैंकः १६.२४ अर्ब रुपैयाँ
५) बैंक अफ काठमाण्डूः १६.८३ अर्ब रुपैयाँ

हालसम्मकै सबैभन्दा कम निक्षेप भएका बैंकहरुः
१) नेपाल बंगलादेश बैंकः ८९.३९ अर्ब रुपैयाँ
२) सिभिल बैंकः ९०.३४ अर्ब रुपैयाँ
३) स्ट्यान्डर्ड चार्टर्ड बैंकः ९६.१९ अर्ब रुपैयाँ
४) सेन्चुरी बैंकः ९७ अर्ब रुपैयाँ
५) बैंक अफ काठमाण्डूः १०४.३४ अर्ब रुपैयाँ

हालसम्मकै सबैभन्दा कम कर्जा भएका बैंकहरु
१) नेपाल बंगलादेश बैंकः ७१.१७ अर्ब रुपैयाँ
२) स्ट्यान्डर्ड चार्टर्ड बैंकः ७२.०५ अर्ब रुपैयाँ
३) सेन्चुरी बैंकः ८१.३९ अर्ब रुपैयाँ
४) सिभिल बैंकः ८३.०२ अर्ब रुपैयाँ
५) बैंक अफ काठमाण्डूः ९८.९ अर्ब रुपैयाँ

ग) सीसीडी

सबैभन्दा बढी सीसीडी रेसियो भएका बैंकहरु
१) मेगा बैंकः ८२.०२ प्रतिशत
२) एनआईसी एशिया बैंकः ८१.१२ प्रतिशत
३) कुमारी बैंकः ८१.०१ प्रतिशत
४) सानिमा बैंकः ८०.६० प्रतिशत
५) सनराइज बैंकः ८०.४१ प्रतिशत

सबैभन्दा कम सीसीडी रेसियो रहेका बैंकहरु
१) नेपाल बंगलादेश बैंकः ६७.३७ प्रतिशत
२) राष्ट्रिय वाणिज्य बैंकः ६९.७४ प्रतिशत
३) एभरेस्ट बैंकः ७२.६२ प्रतिशत
४) प्रभु बैंकः ७३.१७ प्रतिशत
५) कृषि विकास बैंकः ७३.३३ प्रतिशत

GBIME

प्रतिक्रिया दिनुहोस्