Shikhar Insurance

नयाँ प्रविधिः ब्लेड ब्याट्रीका साथ आयो नयाँ ई–सिक्स, फुल चार्जमा ५ सय २२ किमि गुड्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण ४, सोमबार २२:०२
NIMB
Nabil Bank

काठमाडौं । विद्यूतीय सवारी उत्पादक कम्पनी बिल्ड योर ड्रिम्स अर्थात् बीवाईडीले नेपालमा एक फुल चार्जमा सबैभन्दा बढी यात्रा गर्ने कार उपलब्ध गराएको छ । बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्कर्पोरेटेडले नेपालमा यस्तो विद्युतीय कार ल्याएको हो जुन एक फुल चार्जमा ५ सय २२ किलोमिटर यात्रा तय गर्न सक्छ ।

यो कार हो, दोस्रो पुस्ताको अल न्यु ई सिक्स

Citizen Life
Kumar Bank
Nepal Life

बीवाईडीले यो क्षमताका कार बनाउन सबैभन्दा नवीनतम ब्याट्री प्रबिधिको प्रयोग गरेको छ । ब्लेड ब्याट्री भनिने नयाँ पुस्ताको लिथियम आइरन फस्फेट ब्याट्रीले सुरक्षा, विश्वसनीयता, पर्फमेन्स र पावर डेन्सिटीमा नयाँ बेच्नमार्क कायम गरेको छ । बीवाईडीले ब्याट्री प्रविधको वर्षौं लामो अनुभव उपयोग गरेर बनाएको ब्लेड ब्याट्रीले विद्युती सवारी धनीको सुरक्षा र गाडीको कार्यकुशलता सम्बोधन गर्ने कम्पनीको दाबी छ ।

ब्लेड ब्याट्री ब्लेड वा प्लेट आकारको हुन्छ । जसले पुरानो सेल प्रविधिको तुलनामा वजन र मूल्य घटाउँछ भने उपभोग दर इनर्जी डेन्सिटी र माइलेज बढाउँछ ।

सुरक्षाका दृष्टिले ब्लेड ब्याट्री सबैभन्दा सुरक्षि ब्याट्री हो जुन पड्किँदैन ।

ईसिक्समा दिइएको ब्याट्री ७१.७ किलोवाटको हो । नेपालमा उपलब्ध कार ब्याट्री प्रविधिमध्ये सबैभन्दा बढी माइलेज दिने ब्याट्री यो कारमा लगाइएको कम्पनीको दाबी छ ।

कारमा ७० किलोवाटको शक्तिशाली मोटर दिइएको छ जसले १ सय ८० एनएमको टर्क पैदा गर्दछ ।

नयाँ ईसिक्स आरामदायी यात्राका लागि डिजाइन गरिएको हो जसलाई पहिलेको मोडलभन्दा निकै परिष्कृत गरिएको छ । यो गाडीमा ५ सय ८० लिटरको अभुतपूर्व बुट स्पेस छ भने म्याकफेर्सन स्ट्रट फ्रन्ट सस्पेन्सन तथा रियल मल्टि लिंक सस्पेन्सन दिइएको छ ।

नयाँ गाडी सवारी धनीका लागि सजिलो विकल्प बन्न सक्ने क्षमता कारमा दिइएको एसी तथा डीसी चार्जिङ विकल्पले उजागर गर्छ । कार एसी फास्ट चार्जरबाट २ घन्टा र डीसी बुस्ट चार्जरबाट १ घन्टा १० मिनेटमा फुल चार्ज हुन्छ ।

६.६ किलोवाटको होम चार्जरका माध्यमबाट गाडीको ब्याट्री १० घन्टामा चार्ज गर्न सम्भव छ ।

ईसिक्स बोस्कको नवीनतम आईपीबी इन्टिलिजेन्ट ब्रेक कन्ट्रोल सिस्टम प्रयोग गर्ने पहिलो विद्युतीय सवारी हो । यो सिस्टमले तीब्र रेस्पोन्ट टाइम र स्मुथ लिनियर ब्रेकिङ अनुभव दिन्छ । कारले प्रतिघन्टा २ किमिको गतिमा पनि रिभर्स इनर्जी पैदा गर्न सक्छ ।

गाडीको ग्राउन्ड क्लियरेन्स १ सय ७५ एमएमको छ भने टर्निङ रेडियस ५.६५ मिटर हो ।

बीवाईडी ईसीक्स ब्ल्याक–ब्लू, ग्रिन–ह्वाइट, डक्टर ब्ल्याक र क्रिस्टल ह्वाइट गरी ४ कलर अप्सनमा उपलब्ध छ । गाडीको सुरूवाति मूल्य ५७ लाख ५० हजार रूपैयाँ तोकिएको छ ।

ईसिक्सको पहिलो गाडी सन् २०१० मा लञ्च भएको थियो । जसलाई प्रयोगकर्ताको सुझाव अनुसार अपग्रेड गरिएको हो ।

नेपालमा ईसिक्स गाडी राष्ट्रपति, ऊर्जा मन्त्रीलगायत विशिष्ट व्यक्तिले चढ्दै आएका छन् ।

गाडीको ब्याट्री र मोटरमा ८ वर्ष वा ५ लाख किलोमिटर, इलेक्ट्रोनिक कन्ट्रोल सिस्टम र ट्रान्स्मिसन एसेम्ब्लीमा ५ वर्ष वा डेढ लाख किलोमिटरमध्ये जुन पहिला हुन्छ त्यही बराबरको वारेन्टी छ । ८ वर्षमा ब्याट्री डेड नहुने तर ब्याट्रीको क्षमता ८ वर्षअघिको तुलनामा ६० प्रतिशतबराबरको हुने कम्पनीको दाबी छ अर्थात् ब्याट्री एक फुल चार्ज गर्दा कम्तिमा ३ सय किलोमिटर गुड्ने क्षमता राख्छ ।

बीवाईडीका ब्याट्रीमा विगत १६ वर्षमा समस्या आएका छैनन् ।

ईसिक्स ४०० किमि माइलेज सहित नेपालको पहिलो लङ्ग रेन्ज ईभी हो ।

सन् १९९५ मा स्थापित बीवाईडी विश्वको सबैभन्दा ठूलो विद्युतीय कार उत्पादक कम्पनीमध्यको हो । कम्पनी संसारको एकमात्र सवारी कम्पनी हो जसको विज्ञता ब्याट्री, मोटर इलेक्ट्रोनिक कन्ट्रोलमा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्