Shikhar Insurance

बीमा कम्पनीहरुको बिजनेसमा उल्लेख्य वृद्धि, अघिल्लो वर्षभन्दा २५ प्रतिशत बढी बीमा शुल्क उठाए

सिंहदरबार संवाददाता
२०७८ श्रावण ५, मंगलवार १३:१०
NIMB
Nabil Bank

काठमाडौं । कोरोना कहरमाझ पनि गत आर्थिक वर्ष २०७७/७८ मा बीमा कम्पनीहरुले उल्लेख्य व्यवसाय विस्तार गरेका छन् । देशका जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ बीमाशूल्क संकलन गरेका हुन् ।

बीमा समितिका अनुसार गत आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ बीमा शूल्क उठाएका हुन् ।
यो वृद्धि जीवन बीमातर्फ अघिल्लो आर्थिक वर्षभन्दा २८.७१ प्रतिशत र निर्जीवन बीमातर्फ १५.३५ प्रतिशत बढी हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अघिल्लो आवमा १ खर्ब २० अर्ब ४५ करोड ५८ लाख रुपैयाँ बराबरको बीमा शूल्क उठेको थियो । जसअनुसार आव २०७७/७८ को बीमाशुल्क संकलन वृद्धिदर २५.८ प्रतिशत हो ।

यस्तै, गत आवमा जीवन बीमातर्फ कुल १५ हजार ९ सय ६४ बीमालेखको जम्मा २ अर्ब २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४ सय ४० बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख रुपैयाँ मागदाबीको भुक्तानी दिन बाँकी छ ।

गत आवमा ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरको ६३ हजारभन्दा बढी बीमालेख सरेन्डर भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्