चिनियाँ आर्थतन्त्रमा उच्च सुधार, वृद्धि दर १२.७५ प्रतिशत

सिंहदरबार संवाददाता
२०७८ श्रावण ५, मंगलवार १५:४५

एजेन्सी । सन् २०२१ को पूर्वार्धमा आर्थिक विकास दर स्थिर अवस्थामा रहेको यहाँको राष्ट्रिय विकास तथा सुधार आयोगले सोमबार जानकारी गराएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी चीनको आर्थिक परिस्थितिबारे जानकारी गराइएको हो ।

चिनियाँ बर्षको पूर्वार्धमा उत्पादन मात्रा ५३२ खर्ब १६ अर्ब ७० करोड चिनियाँ युआन पुगेको आयोगले बताएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १२.७५ ले वृद्धि हो ।

तथ्याङ्क अनुसार चीनको कृषि उत्पादन स्थिर देखिएको छ । औद्यौगिक उत्पादन द्रूतरूपमा विकास भएको र सेवा व्यवसायहरू पुनरूत्थान हुँदै आएको आयोगले बताएको छ । तीन वटा आवश्यकताबाट हेर्दा लगानीको पुनरूत्थान हुँदैआएको, उपभोगको पुनरूत्थान शक्ति बलियो भएको र निर्यातको मात्रा विकास हुँदै गएको आयोगको भनाइ रहेको छ ।

त्यसैगरी वासिन्दाको आम्दानीको वृद्धि दर तथा आर्थिक विकासको दर बराबर देखिएको र रोजगारीको परिस्थिति स्थिर भएका कारण बजारको भविष्य समृद्ध हुनसक्ने आयोगले प्रक्षेपण गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्