Shikhar Insurance

नेशनल लाईफले गर्‍यो चमत्कारिक प्रगति, बन्यो दोस्रो धेरै प्रथम बीमाशुल्क उठाउने कम्पनी

सिंहदरबार संवाददाता
२०७८ श्रावण ५, मंगलवार १८:२५
NIMB
Nabil Bank

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चार अर्बभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले कूल बीमाशुल्क १२ अर्ब माथि उठाएको हो ।

नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको हो । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्ब भन्दा माथि पुर्‍याउन कम्पनी सफल भएको छ । कम्पनीले यो उपलब्धिलाई नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको स्टाटस नै तलमाथि हुने गरी प्रगति गरेको दाबी गरेको छ ।

बीमा समितिको सुत्र अनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क ३ अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा झरेको छ भने चौथोमा रहेको युनियन लाईफले ३ अर्ब १९ करोड संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा वृद्धि भएको कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ९ अर्ब २६ करोड ७४ लाख कुल बीमाशुल्क संकलन गरेकोमा गत आवमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्