Shikhar Insurance

बीमा क्षेत्रमा उज्जवल भविष्यको संकेत, तथ्यांकमा हेरौं कसरी बढ्दैछ बीमा व्यवसाय

सिंहदरबार संवाददाता
२०७८ श्रावण ५, मंगलवार १९:४८
NIMB
Nabil Bank

काठमाडौं । आव २०७७/७८ अन्त्यसम्मको तथ्यांकले नेपालमा बीमा क्षेत्रको उज्जवल भविष्य संकेत गरेको छ । बीमा क्षेत्रको प्रमुख सुचकांक अनुसार नेपालमा बीमाको दायरा बढ्दो क्रममा छ ।

के भन्छ तथ्यांक ?
नेपालमा १९ जीवन बीमा कम्पनी, २० निर्जीवन बीमा कम्पनी र २ पुर्नबीमा कम्पनी गरी कुल ४१ बीमा कम्पनी छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

जसमध्ये जीवन बिमातर्फ वर्षभर कुल १ खर्ब २० अर्ब रूपैयाँ बीमाशुल्क उठेको छ । यस्तै निर्जीवन बीमा व्यवसायले ३१ अर्ब रूपैयँ बीमा शुल्क उठाएको बीमा समितिको तथ्यांक छ ।

आव २०७७/७८ मा जीवन बीमा व्यवसाय २७.१२ प्रतिशतले विस्तार भएको छ भने निर्जीवन बीमा क्षेत्र २२.७४ प्रतिशतले बढेको हो ।

कुल बीमा शूल्क १ खर्ब ५२ अर्ब अघिल्लो आवको भन्दा २६.१८ प्रतिशतले बढेको हो ।

यसगरी कुल गार्हस्थ उत्पादनमा कुल बीमा शुल्कको योगदान ३.५८ प्रतिशत रहेको बीमा समितिको दाबी छ ।

हाल नेपालको २४.७६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या समेत जोड्दा २७ प्रतिशत जनसंख्यामा बीमाको दायरा विस्तार भएको समितिको दाबी छ ।

देशमा बीमा क्षेत्रले १० हजार ७ सय ५२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । त्यसबाहेक देशमा करिब ४ सय जना बीमा सर्भेयर छन् भने साढे २ लाखको हाराहारीमा बीमा अभिकर्ता छन् ।

समितिको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूको कुल पुँजी ३८ अर्ब २१ करोड छ भने निर्जीवन बीमा कम्पनीहरूको कुल चुक्तापुँजी १९ अर्ब २८ करोड रूपैयाँ छ ।

क) बीमा कम्पनीको संख्याः ४१
– जीवन बीमा कम्पनीः १९
– निर्जीवन बीमा कम्पनीः २०
– पुर्नबीमा कम्पनीः २

ख) बिमाशुल्क
कुल जम्मा बीमाशुल्कः १ खर्ब २० अर्ब ९५ करोड रूपैयाँ
– जीवन बीमाशुल्कः १ खर्ब २० अर्ब ९५ करोड रूपैयाँ
– निर्जीवन बीमाशुल्कः ३१ अर्ब ७० करोड रूपैयाँ

ग) बीमाशुल्क वृद्धिः २६.१८ प्रतिशत
– जीवन बीमाशुल्क वृद्धि प्रतिशतः २७.१२ प्रतिशत
– निर्जीवन बीमाशुल्क वृद्धि प्रतिशतः २२.७४ प्रतिशत

घ) कल गार्हस्थ उत्पादनमा योगदानः ३.५८ प्रतिशत

ङ) बीमाको पहुँच
– वैदेशिक रोजगारीबाहेकः २४.७६ प्रतिशत
– वैदेशिक रोजगारीसहितः २७.०० प्रतिशत

च) रोजगारी
– प्रत्यक्ष रोजगारीः १०,७५२ जना
– बीमा सर्भेयरः करिव ४०० जना
– बीमा अभिकर्ताः करिव २,५०,००० जना

छ) चुक्तापुँजी
– जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजीः ३८ अर्ब २१ करोड रूपैयाँ
– निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजीः १९ अर्ब २८ करोड

GBIME

प्रतिक्रिया दिनुहोस्