Shikhar Insurance

यस्तो बन्दैछ फास्टट्रयाकः लक्ष्यको ९७ प्रतिशत काम सकियो, चिनियाँ टोली फिल्डमा (हालसम्म केके भयो ?)

सिंहदरबार संवाददाता
२०७८ श्रावण ५, मंगलवार २१:३६
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडकमा सुरूङ निर्माणका लागि चिनियाँ टोलि फिल्डमा पुगेको छ । द्रुतमार्गमा सुरूङ बनाउने जिम्मा पाएका पोलि चाङ्दा इञ्जिनियरिङ कम्पनी र चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन फिल्डमा खटिएका हुन् ।

सुरुङमार्गको पहिलो प्याकेज चाइना स्टेट र दोस्रो प्याकेज पोलि चाङ्दाले बनाउने जिम्मा पाएका हुन् । सुरुङ्ग मार्ग इन्जिनियरिङ-प्रोक्युरमेन्ट-कन्स्ट्रक्सन मोडलमा निर्माण हुँदैछ । अन्तर्राष्ट्रिय बोलपत्र आह्वानबाट यी कम्पनी छनोट भएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

दुवै सुरुङ्ग ठेक्का प्याकेज कमेन्समेन्ट भइ चिनियाँ टोलि फिल्डमा मोबिलाइजेसन भएका हुन् ।

यता कोभिड १९ को दोस्रो लहरले गतिविधि प्रभाव पारेपनि वर्षिक लक्ष्य अनुरूप नै काम भएको सेनाले जनाएको छ । सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब ९६ करोड ८८ लाख रूपैयाँ द्रुतमार्गका नाममा विनियोजन गरेको थियो । जसमध्ये ९७.३४ प्रतिशत खर्च भएको छ । गत आवमा आयोजनाको कुल अंशको थप ५.१ प्रतिशत काम सकिएको छ ।

असार मसान्तसम्म आयोजनाको कुल कामको १६.२१ प्रतिशत काम सक्ने लक्ष्य लिइएको थियो । जसअनुसार भौतिक प्रगति लक्ष्य अनुसार छ भने खर्च हुने कुल रकमको १४.५१ प्रतिशत बजेट खर्च भएको छ ।

द्रुतमार्गको डिजाईन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानिय विषय विज्ञहरु छनौट गरी सर्भेलगायतका काम सुरू भइसकेको सेनाले जानकारी दिएको छ ।

यस्तै आयोजनास्थलमा १४ वटा बेलिबृज जडान गर्ने योजना छ । हालसम्म १४ मध्ये ८ वटा बेलिबृज जडान गरी सञ्चालनमा आइसकेकका छन् । पुल तथा सुरुङ्ग निर्माण गर्न आवश्यक पर्ने पहुँचमार्ग निर्माण कार्य जारी छ ।

आयोजनाको ५ स्थानमा बेसिक ल्याब इक्वपमेन्ट जडान गरी गुणस्तर परिक्षण गर्ने काम भइरहेको छ । त्यसमा परामर्शदाताको परामर्शअनुसार एड्भान्स ल्याब इक्विपमेन्ट समेत थप गरिएको छ ।

यता जग्गा अधिकरण तथा मुआब्जा वितरणसम्बन्धि काम पनि सकिने क्रममा छ । हालसम्म ९१.५ काम सकिएको सेनाले जनाएको छ । खोकना-बुङमति ईलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उप-समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको सेनाको दाबी छ ।

यसैगरी रुख कटान तथा व्यवस्थापन सम्बन्धि काम पूर्णरूपमा सकिएको छ । रुख कटान भएअनुसार १:२५ को अनुपातमा वृक्षारोपण गर्ने नीतिगत व्यवस्था अनुसार असार मसान्तसम्म २ लाख ४९ हजार १ सय ६६ वटा रूख रोपिएको छ ।

आयोजनाको वातावरण प्रभाव मूल्याङ्कन तथा सुरुङ्ग मार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भएअनुसार पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति पनि भइसकेको छ ।

सरकारको निर्णय बमोजिम नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको हो । सेनाले राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक समयमै सम्पन्न गर्ने दाबी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्