Shikhar Insurance

साउन १४ गतेदेखि मैलुङ खोलाको आईपीओ, ६८ हजारले पाउनेछन् १०–१० कित्ता

सिंहदरबार संवाददाता
२०७८ श्रावण ६, बुधबार ०८:५४
NIMB
Nabil Bank

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ साउन १४ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कुल निष्काशनको २ प्रतिशतले हुने आउने १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

Citizen Life
Kumar Bank
Nepal Life

सो शेयरमा सर्वसाधारणले साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

मैलुङको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्