Shikhar Insurance

‘युरोकप विथ फोनलोन’ योजना विजेता खातीले जिते यूएचडी स्मार्ट टीभी

सिंहदरबार संवाददाता
२०७८ श्रावण ६, बुधबार १६:४६
NIMB
Nabil Bank

काठमाडौं । फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरोकप विथ फोन लोन’ अभियानको विजेता घोषणा गरेको छ । योजनाको विजेता लक्ष्मी बैंकका ग्राहक अशोककुमार खातीले सामसङको ५५–इन्च यूएचडी स्मार्ट टिभी जितेका छन् ।
‘युरोकप विथ फोन लोन’ योजना असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोन लोन सन्जालका ५ वटा बैंक सहभागी भएका थिए ।

योजनामा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी भए । योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधिभित्र फोनलोन मार्फत कर्जा लिएका थिए । फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा विजेता घोषणा गरिएको हो । फोनलोनले ग्राहकहरु माझ कागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पछिल्ला दिन फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण बढ्दो छ । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूले आकर्षित भएका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्