Shikhar Insurance

उपभोक्ता ठगेपछि बिराटनगरका ५२ व्यावसायी माथि कारवाही

सिंहदरबार संवाददाता
२०७८ श्रावण ६, बुधबार २१:०१
NIMB
Nabil Bank

काठमाडौं । नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि विक्री वितरण गर्दैआएका ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन् ।

वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयले पत्रकार सम्मेलनमा मार्फत आर्थिक वर्ष २०७७÷७८ मा २०२ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा सो सङ्ख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइयो । तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि, कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगङ्गास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस रु दुई लाख वा सोभन्दा बढी जरिवानामा परेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

ती फर्मबाट १९ लाख पाँच हजार जरिवाना असुल गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा २२ फर्ममाथि कारवाही गरी नौ लाख २५ हजार जरिवाना गरेको थियो ।

यसैबीच गत आर्थिक वर्षमा एक हजार ८३९ नयाँ फर्म दर्ता भएकामा तीन हजार ३०६ फर्मको नवीकरण÷ संशोधन र दुईसय फर्म खारेजीमा परेको कार्यालयले जनाएको छ । यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्