Shikhar Insurance

नेपाल समुहले ओलीलाई भन्योः गलत काम छाडेर पार्टी एकताको काम थाल्नुस्

सिंहदरबार संवाददाता
२०७८ श्रावण ६, बुधबार २१:३८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेको माधव नेपाल निकट स्थायी कमिटी सदस्यहरुको बैठकले गलत काम छाडेर पार्टी एकताको काममा गम्भिरताका साथ लाग्न पार्टी अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएको छ ।
बुधबार बसेको बैठकले गरेको एक बुँदे निर्णयमा भनिएको छ–‘एकता वार्ता चलिरहेको र दश बुंदे सहमति बुझाइएको अवस्थामा स्पष्टिकरण सोध्ने र वरिष्ठ नेता माधव कुमार नेपाल विरुद्ध नारा जुलुस गर्ने, पुत्ला बनाएर जलाउने साथै सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनिहरु विरुद्ध उत्तेजक गतिविधि र नारावाजी गर्ने काम तत्काल रोकिनुपर्छ । यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरतापुर्वक अघि बढाउन अध्यक्षको ध्यानाकर्षण गरिन्छ ।’

बैठकमा वरिष्ठ नेता नेपालले संबिधान र व्यवस्था जोगाउनका लागि शेर बहादुर देउवालाई मतदान गरेको र अब पार्टी जोगाउने अभियानमा चलाएको बताएका थिए । ‘यहि साउन ३ गते प्रतिनिधिसभामा देउवा सरकारले विश्वासको मत नपाएको भए व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका समेतमा आँच पुग्ने खतरा थियो । असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनलाई सच्याउन र रोक्न देउवा सरकारलाई मत दिनुपर्ने आवश्यकता थियो । जो जो साथिहरु मलाई यो संघर्षमा साथ दिनुभयो उहाँहरु सवैलाई धन्यवाद छ । अहिले एकातिर विभिन्न शक्तिहरु बामपन्थि शक्तिलाई मिल्न नदिने र विभाजित गर्ने षडयन्त्र गरिरहेका छन् भने अर्कोतिर पार्टी दक्षिणपन्थी भासमा पर्ने खतरा देखिएको छ । यसबाट जोगिनुपर्छ । राजनीतिक अस्थिरता उत्पन्न हुन दिनु हुँदैन । लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रतिनिधिसभाको रक्षाका लागि देउवा सरकारलाई विश्वासको मत दिनुपरेको हो । मैले प्रधानमन्त्री देउवालाई भ्रष्टाचार रोक्न र त्यसमा आफु पनि नफस्नुहोस् भन्ने सुझाव दिएको छु ।’

Citizen Life
Kumar Bank
Nepal Life

बरिष्ठ नेता नेपालले विश्वासको मत दिने सांसदहरु विरुद्ध भएको नारा जुलुस र पुत्ला दहन कार्यको पनि आलोचना समेत गरेका थिए । छलफलमा सहभागिहरुले पार्टी एकतालाई सवैले गम्भीर र जिम्मेवार भएर अघि बढाउनुपर्ने कुरामा जोड दिएका थिए । छलफलमा वरिष्ठ नेता नेपालका साथै नेताहरु मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, योगेश भट्टराई र प्रमेश हमालको उपस्थिति रहेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्