Shikhar Insurance

एमाले युवा नेता राजेन्द्र राईको प्रश्नः काले काले मिलेर भाले खान पार्टी मिलाउने हो र ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण ७, बिहीबार ०९:३८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का युवा नेता राजेन्द्र कुमार राईले पार्टी एकताको सैद्धान्तिक र व्यवहारिक आधार खोजिनुपर्ने बताएका छन् । अब हामी सकिने भयौं, काँग्रेसले मात्रै खान पाउने भयो भन्ने आधारमा पार्टी एकता सम्भव नहुने पनि उनले स्पष्ट पारेका छन्् । माधव नेपाल निकट नेता राईले फेसबुक मार्फत मिलेर खाने नाममा पार्टी एकता गर्ने कुरा काले काले मिलेर खाउ भाले भन्ने जस्तो मात्रै हुने स्पष्ट पारेका छन् ।
संसद विघटन, सर्वाेच्चको फैसला र देउवालाई मत दिने सांसदहरुका विषयमा ओली र नेपाल पक्षबिच ठूलो मतभेद देखिएको र त्यो मतभेद निरुपण नगरि पार्टी एकता असम्भव भएको पनि उनले स्पष्ट पारेका छन् ।

नेपाल निकट केन्द्रिय सदस्य राईले फेसबुकमा लेखेका छन्-

Citizen Life
Kumar Bank
Nepal Life

अब हामी मिल्ने !
मिल्ने किन ? किनकि, हामी नमिल्दा कांग्रेसले खान्छ, हामीले खान पाउँदैनौं ? एकताको लागि यो भन्दा साझा सर्त, स्वार्थ र मीठो कुरा के हुन सक्छ र ? झगडा गर्ने होइन मिल्ने कुरा, गुमाउने होइन खान पाइने कुरा, कति राम्रो कुरा ?  तर घोर एकताप्रेमी मित्रहरुले कम्तिमा यति कुरा चाहिँ बुझ्न जरुरी छ, झगडा किन भयो र आगामी दिनमा झगडा कसरी रोक्न सकिन्छ भन्ने कुराको छिनोफानो नगरी वा त्यस्ता उपायको खोजी नगरी, काले काले मिलेर खाऔं भाले भनेर गरिने एकता किमार्थ दिगो हुन सम्भव छैन । नैतिक, न्यायोचित त परकै कुरा भयो, यसको मतलब फेरि पनि खान पाइने छैन, कम्तीमा खाने बेला रिस उठ्न थाल्छ, झगडा हुन थाल्छ ।

नजिकैको कुरा गर्ने हो भने, ओली समुहले सर्वोच्चको अदालतको पछिल्लो फैसला गलत ठहर गरेको छ र सो फैसलाको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेका छन् । तर माधव नेपाल समूहको निष्कर्ष अनुसार सर्वोच्च अदालतको फैसला सोह्रै आना सही छ । त्यसैगरी, संविधान र संसद बचाउन भनेर माधव पक्षले गरेका जम्मै क्रियाहरू गद्दारी हो भनेर केपी ओली समूहको निष्कर्ष छ । र त्यसै अनुसारको अभिव्यक्ति र आक्रोश त्यो समूहबाट पार्टी भित्र, बाहिर, सर्वत्र प्रकट भैरहेको छ । तर माधव नेपाल समुहले संसद मात्र होइन संविधान, लोकतन्त्र, व्यवस्था जोगाउन गतिलो काम गरियो भन्ने निष्कर्ष निकालेको छ । २२ सांसदलाई स्पष्टीकरण, गद्दार घोषणा, पुत्ला दहन आदि इत्यादि त छँदैछ ।

यी र यस्तै अन्य विषयमा कुरा नमिली केवल मिलेर खाने हुटहुटीले मात्र एकता सम्भव हुन्छ ? किमार्थ हुँदैन ? यसको मतलब, फेरि झगडा हुनेछ, खान पाइने छैन ? अरू गम्भीर सैद्धान्तिक कुरा त पछि गर्दै गरूला, खान पाउने कुराको अगाडि सैद्धान्तिक कुराको अर्थ पनि त छैन ?

GBIME

प्रतिक्रिया दिनुहोस्