Shikhar Insurance

एनआईसी एशियामा गरेको १ सय रुपैयाँ लगानी २४ वर्षमा यसरी भयो १३ हजार ६ सय रुपैयाँ

सिंहदरबार संवाददाता
२०७८ श्रावण ७, बिहीबार ०९:५८
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एशिया बैंक स्थापनाको २४ वर्ष पुरा भएको छ । २४ वर्ष अघि साउन ७ गते सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ बैंक सुरु भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने वाणिज्य बैंकहरु मध्येकै कान्छा सीईओ हुन् । २४ औं वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत न्यौपानेले अतुलनीय सहयात्राको फलस्वरुप आज बैंक देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको दाबी गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटीएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकमा देशकै सर्वोत्कृष्ट बैंक बन्न आफूहरु सफल भएको उनको दाबी छ ।

यस दौरानमा बैंकलाई साथ दिई तथा बैंकप्रति स्नेह एवं भरोसा दर्शाइ आ–आफ्नो स्थानबाट अतुलनीय योगदान गरी सबैको बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि बनाउने ग्राहक, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सबै सरोकारवालाप्रति उनले धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, “नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय स्वभाविक रुपमा यहाँहरूलाई नै जान्छ । साथै, भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदा सर्वदा लागि पर्ने संकल्प गर्दछौं ।”

२४ वर्षसम्ममा आइपुग्दा बैंक मुलुकभर फैलिएको देशकै सबैभन्दा ठुलो सञ्जाल भएको छ । बैंकको ३ सय ५६ शाखा, ७० विस्तारित काउन्टर, ८१ शाखारहित बैंकिङ्ग सेवा तथा ४ सय ७१ एटिएममार्फत बैंकले आफ्ना २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खातामार्फत ग्राहकलाई गुणस्तरिय सेवा प्रवाह गरेको बैंकको दाबी छ ।

२४ वर्षको अवधिमा आफ्ना सेयरधनीको सम्पत्ति तथा लगानीबाट उच्चतम प्रतिफल प्रदान गर्न आफूहरु सफल भएको सीईओ न्यौपानेको दाबी छ ।

के भन्छन् सीईओ न्यौपाने ?
सर्वसाधारण सेयरधनीको सुरुवाती एक कित्ता पब्लिक सेयरको मूल्य हाल १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो । त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष १५ अर्ब ७३ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गर्न हामी सफल भएका छौं ।

बैंकिङ्ग क्षेत्रमा पृथक रणनीति अवलम्बन गरी यस बैंकले ग्राहक महानुभावहरू समक्ष सहज एवं गतिशीत माध्यमबाट विश्वसनीय तथा ग्राहकमैत्री सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आइरहेका छौं । हामीले अवलम्बन गरेको कुशल रणनीति तथा प्रदर्शन गरेको व्यवस्थापकीय कार्य कौशलताको फलस्वरुप कोभिड १९ सृजित असहज परिस्थितिमा समेत बैंकले आ.व. २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत (रु ८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (रु ८८ अर्ब ९६ करोड) वृद्धि गर्न हामी सफल भएका छौं । कर्जा तथा निक्षेप वृद्धिमा हामीले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै हो ।

आ.व. २०७७/७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न हामी सफल भएका छौं ।

गौरवमय २४ औं वर्षमा प्रवेश गरेको यस अवसरमा हामीले आफ्ना ग्राहक महानुभावहरू माझ विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना समेत ल्याएका छौं । जस अन्तर्गत यस बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा ईकमर्समा भुक्तानी गर्दा तथा एनआईसी एशिया मोबैंक मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम रू. ५०० सम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने छ । वार्षिक उत्सवको अवसरमा साउन ७ गते कार्ड वा एनआईसी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो १ हजार ग्राहक महानुभावहरूले यस सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

हाल डिजिटल फस्र्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै हामीले जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङ्गको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेका छौं । बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकोले आ.व. २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई हामी अघि बढेका छौं ।

मुलुकको वृहत्तर हित र सर्वाङ्गीण विकास तथा नेपाल सरकारले लिएको वित्तीय समावेशीकरणको लक्ष्य हासिल गर्नको लागि ठोस टेवा पुर्याउने उद्देश्यले हामीले अन्य बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थीति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पुर्याएका छौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्