Shikhar Insurance

ह्याकरको चेतावनीबारे राष्ट्र बैंकले भन्योः ढुक्क हुनुस्, पुरै बैंकिङ प्रणाली सुरक्षित छ

सिंहदरबार संवाददाता
२०७८ श्रावण ७, बिहीबार १०:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको सम्पूर्ण बैंकिङ प्रणाली सुरक्षित रहेको र कसैले ह्याक नगरेको स्पष्ट पारेको छ । एक दर्जन भन्दा बढी बैंकहरुको सिस्टम ह्याक गर्ने तयारी भैरहेको भन्दै राष्ट्र बैंकका प्रवक्ता र सहायक प्रवक्ता लगायतले इमेल आएपछि नेपालको बैंकिङ क्षेत्रमा आतंक मच्चिएको थियो ।

राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले नेपालको बैंकिङ प्रणाली पूर्णत सुरक्षित रहेको र केन्द्रिय बैंक साइबर सुरक्षाका मामलामा थप सचेतता पूर्वक लागिपरेको बताए । बिहिबार बिहान आफुलाई पनि विदेशको अपरिचत नम्बरबाट फोन गरेर राष्ट्र बैंक, नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक गर्न लागिएको सन्देश दिएको पनि उनले बताए । त्यसपछि पनि आफुलाई त्यस्तै प्रकारको फोन आएको तर आफुले रिसिभ नगरेको बताए । ‘बैंकरहरुले बुधबार साँझ ह्याकले पठाएको भनिएको इमेल सेयर गरे, हामी राति देखि नै अलर्ट भएर बस्यौं, बिहान साढे सात बजे मलाई पनि फोन गरेर ह्याक गर्न लागेको सूचना ह्याकरले नै दियो, हामी थप सचेत भयौं । अहिलेसम्म नेपालको सम्पूर्ण बैंकिङ प्रणाली सुरक्षित छ’, राष्ट्र बैंक प्रवक्ता ढकालले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

हामीले सोध्यौं, ह्याकरले ह्याक गर्दैछु, सुरक्षित बन्नुस भनेर पनि कहिँ भन्छ होला र ?
ढकालले जवाफ दिए–‘त्यहि त अचम्म छ, तर हामीले आफ्नो आइटी टिम, बैंकरहरुको टिमसँग समन्वय गरेर काम गरिरहेका छौं, ढुक्क हुनुस्, हाम्रो पुरै बैंकिङ प्रणाली सुरक्षित छ ।’

उनले नेपाल प्रहररीको साइबर ब्युरोसँग समन्वय गरेर ह्याकरको चेतावनी र सम्भावित परिदृश्यबारे अनुसन्धान थालिएको बताए । ‘साइबर ब्युरोसँग मिलेर अनुसन्धान सुरु गरिसकेका छौं, कहाँबाट त्यस्तो इमेल लेखियो, कसले कहाँबाट फोन गर्यो ? लगायतका विषयमा अनुसन्धन थालिसकेका छौं ।’, प्रवक्ता ढकालले भने ।

एक पटक मात्रै फोन गर्न मिल्ने नम्बरबाट आफुलाई फोन गरिएको र सो नम्बरमा अब सम्पर्क गर्न सकिने अवस्था नरहेको पनि उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्