Shikhar Insurance

महामारी प्रभावित उद्योग–व्यवसाय बचाउन सककारले ‘राहत प्याकेज’ ल्याउने

सिंहदरबार संवाददाता
२०७८ श्रावण ७, बिहीबार ११:५७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याउने भएको छ । निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोच सरकाले बनाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी दिएका छन् । उनले सबै नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट पारेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

“विकासलाई हामीले प्राथमिकता दिएका छौँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो,” उनले भने । महामारीबाट पार पाउनु चुनौतीपूर्ण रहेको बताउँदै उनले पहिलो प्राथमिकता खोपको व्यवस्था नै रहेको जिकिर गरे ।

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध कोभिडको महामारीले गराएको बताए । उनले महामारीका कारण थलिएको अर्थतन्त्रलाई उजिल्याउन निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्ने दृढता व्यक्त गरे । उनले भने, “निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले सघाउनेछ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्