Shikhar Insurance

निगमलाई संसदीय समितिको प्रश्नः कम्पनी मोडलमा जान किन ढिला ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण ७, बिहीबार १५:४३
NIMB
Nabil Bank

काठमाडौं । संसदीय समितिले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा जान भइरहेको ढिलाइका बारेमा प्रश्न गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसँग निगमलाई कम्पनीमा रुपान्तरण गर्ने सम्बन्धमा निगमका कर्मचारीसँग समन्वय गरी प्रबन्धपत्र/नियमावली नबन्नुको कारण सोधेको हो ।

समितिको नागरिक उड्डयन, युरोपेली मुलुकहरु, इजरायल हेर्न गठीत डेस्क/समूहको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडादर विवाद, नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक, २०७६ एवं नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धमा तथा पौडेलसँग निषेधाज्ञा अवधिमा चार्टर्ड फ्लाइटको भाडादर विवाद तथा निगमको हालको अवस्था र निगमलाई कम्पनीमा परिणत गर्ने योजनाका बारेमा छलफल गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले पौडेललाई कम्पनी मोडलमा जानुपर्ने भएपनि किन ढिलाइ गरिएको हो भन्ने प्रश्न राखेको हो ।

समितिले महानिर्देशक पोखरेललाई भाडाबारे पत्ता लगायन वायूसेवा कम्पनी र ट्राभल एजेन्टसँग छलफलन गर्न निर्देशन दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्