Shikhar Insurance

माधव नेपालको सचिवालयले भन्योः केपी ओलीसँग भेट्ने हल्ला निराधार

सिंहदरबार संवाददाता
२०७८ श्रावण ७, बिहीबार २०:३३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालको सचिवालयले अध्यक्ष केपी ओलीसँग बरिष्ठ नेता नेपालले भेट्न लागेको भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ ।

बरिष्ठ नेता नेपालको सचिवालयका तर्फबाट मोहन गौतमले पार्टी अध्यक्षसँग बरिष्ठ नेता नेपालको भेट नभएको र तत्काल भेटघाटको कुनै तयारी समेत नभएको स्पष्ट पारेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘विभिन्न सन्चार माध्यमहरूमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र के।पी। शर्मा ओली बीच आज भेट भएकोरहुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहॅाहरू बीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।’, बरिष्ठ नेता नेपालका स्वकिय गौतमले फेसबुकमा लेखेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्