राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश

सिंहदरबार संवाददाता
२०७८ श्रावण ८, शुक्रबार १६:४९

काठमाडौं । राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते अपराह्न १ः०० बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्