Shikhar Insurance

अर्थमन्त्रीको उद्घोषः मेरो कार्यकालमा पुँजीबजार नयाँ उचाइमा पुग्छ

सिंहदरबार संवाददाता
२०७८ श्रावण ८, शुक्रबार १७:३८
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले पुँजीबजारका लगानीकर्तालाई निरुत्साहित नपार्ने प्रतिवद्धता गरेका छन् । शुक्रबार सेयर लगानीकर्ता संघका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री शर्माले यस्तो बताएका हुन् ।

मन्त्री शर्मासँगको भेटमा उपस्थित सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलका अनुसार मन्त्री शर्माले आफू लगानीकर्ताका मागप्रति सकारात्मक रहेको बताएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री शर्माको भनाइलाई उदृत गर्दै फुल्लेलले भने, “म पुँजीबजारप्रति मन्त्री भए देखि नै सकारात्मक कुरा सोचिरहेको छु र सकारात्मक बोलिरहेको छु ।” आफ्नो पालामा पुँजीबजारलाई नयाँ उचाइमा पुर्‍याउनु उद्देश्य रहेको शर्माले बताएका थिए ।

मन्त्री शर्मासँगको भेटमा सेयर लगानीकर्ता संघ नेपाल र नेपाल इन्भेस्टर्स फोरमका प्रतिनिधि उपस्थित थिए । उनीहरुले अर्थमन्त्रीसामु ७ बुँदे माग राखेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्