Shikhar Insurance

बीमा कम्पनीहरुले घर/जग्ग्गा बाहेकका स्थिर सम्पति किन्न समितिको स्वीकृत नचाहिने

सिंहदरबार संवाददाता
२०७८ श्रावण ९, शनिबार १५:२४
NIMB
Nabil Bank

काठमाडौं । अब बीमा कम्पनीहरुले घर जग्गा बाहेकका स्थिर सम्पति खरिद गर्दा बीमा समितिको स्वीकृति आवश्यक नपर्ने भएको छ । बीमा बीमा समितिले सबै बीमा कम्पनीहरुलाई साउन ८ गते परिपत्र जारी गर्दै नेटवर्थको ३० प्रतिशत सिमा भित्र रहेर कार्यालयका लागि आवश्यक स्थिर सम्पति खरिद गर्न पाउने सुबिधा दिएको हो ।

अब बमिा कम्पनीहरुले नयाँ कार्यालय स्थापना गर्दा वा पुराना कार्यालयहरुका लागि आवश्यक समान खरिद गर्दा बीमा समितिको स्वीकृतिका लागि धाउनु पर्दैन् । कम्पनीहरुले सञ्चालक समितिबाट स्वीकृत गरेर खरिद विनियम बमोजिम आवश्यक सामग्री किन्न सक्नेछन् । हालसम्म बीमा कम्पनीहरुले समान खरिद गर्दा बीमा समितिको स्वीकृति अनिवार्य थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा कम्पनीहरुमा समितिले माइक्रोमेनेजमेन्ट गरेको आरोप लाग्दै आएको थियो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरुलाई सञ्चालक समितिबाट पास गरेर खरिद विनियम अनुसार घर जग्गा बाहेकका स्थिर सम्पति खरिद प्रक्रिया सहज बनाईदिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्