Shikhar Insurance

भीमदत्त राजमार्ग अवरुद्ध, सात जिल्लाका हजारौँ यात्रु अलपत्र

सिंहदरबार संवाददाता
२०७८ श्रावण ९, शनिबार १९:११
NIMB
Nabil Bank

डडेल्धुरा । ११ घण्टा बितिसक्दा पनि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा नआउँदा हजारौँ यात्रु अलपत्र परेका छन् ।

जिल्लाको आलिताल गाउँपालिका–१ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको डडेल्धुरा प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने कार्य भइरहे पनि पहिरो नरोकिएका कारण राजमार्ग खुलाउनु समस्या भएको प्रहरीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएपछि आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु आज बिहान ८ बजेदेखि अलपत्र परेका हुन् । सडकमाथिबाट निरन्तर पहिरो जाँदा राजमार्ग सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्