Shikhar Insurance

नेपालमा झन् बढ्यो कोरोना सङ्क्रमण, के अब फेरि हुन्छ ? लकडाउन

सिंहदरबार संवाददाता
२०७८ श्रावण ९, शनिबार १९:३०
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर ३ हजार ११४ पुगेको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख ७९ हजार १७ पुगेको छ । शुक्रबार सङ्क्रमितको सङ्ख्या २ हजार ९७७ थियो ।

पछिल्लो २४ घण्टामा थप १० हजार ६३५ जनाको पिसिआर परीक्षण तथा चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट २ हजार ३०९ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

हालसम्म ६ लाख ४१ हजार ५६५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार १९७ सङ्क्रमित निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ६१५ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ६१५ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका ४२१, भक्तपुरका ८६ तथा ललितपुरका १०८ जना रहेका मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा ७ हजार ६१९ सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौँमा ५ हजार ५७४, ललितपुरमा १ हजार ११३ तथा भक्तपुरमा ९३२ सक्रिय सङ्क्रमित रहेका छन् ।

थप १६ सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १६ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार कोरोनाबाट १८ जनाले ज्यान गुमाएका थिए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्