Shikhar Insurance

ब्रान्ड र प्रतिफलको संगम नबिलको ऋणपत्र बिक्री खुला, ८ प्रतिशत रिटर्न पक्का

सिंहदरबार संवाददाता
२०७८ श्रावण १०, आईतवार ०९:३९
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकको डिबेञ्चर आजदेखि किन्न पाइने भएको छ । ७ वर्षका लागि हरेक वर्ष ८ प्रतिशत ब्याज दिने यो डिबेन्चरको १२ लाख इकाइका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् ।

बैंकले प्रतिकित्ता १ हजार रूपैयाँ दरको ३० लाख कित्ता अर्थात् ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

३० वर्षे यात्रा पारेको गरेको नबिलले भर्खरै पुँजी बजारमा आफूलाई सबैभन्दा ठूलो कम्पनीका रुपमा स्थापित गरिसकेको छ । नाफा र प्रतिफलका आधारमा सधै एक नम्बरमा रहँदै आएको नबिलले नयाँ ऋण पत्रलाई पनि ब्रान्ड र प्रतिफलको संगमका रुपमा अघि सारेको हो ।
विशेषतः मुद्दती खातामा रकम जम्मा गरेर ब्याजमा रमाइरहेका निक्षेपकर्तालाई ८ प्रतिशतको प्रतिफल सुनिश्चित गरेर आकर्षित गर्ने प्रयास गरेको देखिन्छ ।

“नबिल बैंक आफैंमा एउटा स्थापित ब्राण्ड हो, यहाँ खाता खोल्नु, सेयर वा ऋणपत्र खरिद गर्नु आफैंमा ब्रान्डसँग जोडिनु पनि हो, हामीले ७ वर्षसम्म निरन्तर ८ प्रतिशतको प्रतिफल सुनिश्चित गरेका छौं, सर्वसाधारणको फोन कल र जिज्ञासाले हामीालई निकै उत्साहित बनाएको छ,” नबिल बैंकको खुद्रा दायित्व व्यवस्थापन एवम् सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले सिंहदरबारसँग भने ।

बैंकको ग्राहक आधार ८ लाख नाघेको छ भने एक सय ३५ वटा शाखा छन् । यस अघि निषेधाज्ञामा पनि बैंकले २ अर्बको ऋण पत्र जारी गरेको थियो जसमा लगानीकर्ताहरुको अपार सहभागीता थियो । सेयरमा लगानी गर्दा कागजमा धनी वा गरिब हुने अवस्था रहन्छ तर ऋणपत्रको लगानीले प्रतिफल सुनिश्चित गर्छ ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन मिल्ने व्यवस्था मिलाएको छ भने बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

‘८ प्रतिशत नबिल बैंक डिबेन्चर २०८५’ मा छिटोमा साउन १३ गते र ढिलामा २४ गतेसम्म आवेदन दिन सकिन्छ । ऋणपत्रको बिक्रि प्रबन्धक हिमालयन क्यापिटल हो । ऋणपत्रमा न्युनतम २५ कित्ता आवेदन दिनुपर्नेछ ।

ऋणपत्रमा गरेको लगानीको ब्याज भुक्तानी वर्षमा २ पटक हुनेछ ।

बैंकको ऋणपत्रलाई इक्रा नेपालले ‘इस्युअर रेटिङ डबल ए माइनस’ प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा नबिल उच्च मात्रामा सुरक्षित रहेको जनाउँछ । लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमा आवेदन गर्न सक्नेछन् । यस्तै, मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ ।

यो ऋणपत्र नेप्सेमा सूचीकृत भइ कारोबार गर्न सकिन्छ भने बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा पनि लिन सकिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्