Shikhar Insurance

बोल्ड एन्ड ब्युटिफुल देखियो स्कोडा ‘कुशाक’ (फोटोफिचर)

प्रकाश वाग्ले
२०७८ श्रावण १०, आईतवार १८:०७
NIMB
Nabil Bank

काठमाडौं । स्कोडाको बहुप्रतिक्षित एसयूभी कुशाकको स्निक प्रिभ्यु सम्पन्न भएको छ । नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले यसको राजधानीमा एक कार्यक्रम गरी सिमित व्यक्तिलाई अनुभुती प्रदान गरेको हो ।

कम्पनीले ३ साताअघि नेपालमा कुशाकको बुकिङ खुला गरेको थियो । कुशाकको लन्च केही दिनमा हुँदैन ।

Citizen Life
Kumar Bank
Nepal Life

स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयूभी हो जसका कारण यसको मूल्य नेपालमा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। नयाँ एसयूभी फक्सवागनको एमक्यूबी-एओ-आईएन प्लेटफर्ममा बनाइएको हो ।

यस्तो देखियो कुशाक, बोल्ड एन्ड ब्युटीफुल एसयूभीः


फिचरहरूः
इन्जिन ट्रान्समिसन
कुशाक स्कोडाको इन्डिया २.० प्रोजेक्टअन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयूभी हो। नेपालमा १.० लिटरको टीएसआई पेट्रोल इन्जिन भएका कुशाक भित्रने छन्। टीएसआई इन्जिन बहुप्रतिक्षित अन्तर्राष्ट्रिय इन्जिन अवार्ड हासिल गर्न सफल इन्जिन भएको कम्पनीले बताएको छ।

‘यस अवार्डलाई अटोमोबाइल क्षेत्रका ओस्कारजस्तै मानिन्छ। यो इन्जिनले ११५ बीएचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ, जुन बेस्ट इनक्लास हो। टीएसआई इन्जिन म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

डाइमेन्सन
कुशाक एमक्यूबीएओ आईएन प्लेटफर्ममा निर्माण गरिएको एसयूभी हो, जुन कठोर सडकलाई ध्यानमा राखेर विकास गरिएको कम्पनीको भनाइ छ। यो ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो रहेको छ। साथै, यसको ह्विल बेस २६५१ एमएम छ जुन सेग्मेन्टकै सबैभन्दा बढी हो। कुशाकको ग्राउन्ड क्लियरेन्स १८८ एमएम रहेको छ।

फिचर
नयाँ कुशाकमा टू-स्पोक स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफंक्सन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, किलेस इन्ट्री स्टार्ट एन्ड एक्जिट सिस्टम जस्ता फिचर हुने छन्।

सुरक्षा व्यवस्था
सुरक्षाका लागि कुशाकमा ६ वटा एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प एन्ड वाइपर, मल्टी कोलिजन ब्रेकिङ सिस्टम रहने छन्। स्कोडमा ईएससी सबै भेरियन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो। त्यसैले, टायर प्रेसर मनिटरिङ र हिल्ड होल्ड कन्ट्रोल पनि रहनेछ। यसका सबै भेरियन्टमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक रहनेछ।

भेरियन्ट र कलर
नयाँ कुशाक तीन ट्रिम- एम्बिसन, एक्टिभ र स्टाइलमा क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध हुनेछ।

मूल्य
कुशाक टीएसआई एक्टिभ एमटीः ४९ लाख ९० हजार रूपैयाँ

कुशाक टीएसआई एम्बिसन एमटीः ५३ लाख ९० हजार रूपैयाँ

कुशाक टीएसआई स्टाइल एमटीः ६० लाख ९० हजार रूपैयाँ

कुशाक टीएसआई एम्बिसन एटीः ५८ लाख ९० हजार रूपैयाँ

कुशाक टीएसआई स्टाइल एटीः ६५ लाख ९० हजार रूपैयाँ

GBIME

प्रतिक्रिया दिनुहोस्