Shikhar Insurance

महेश र गोकुलहरु यसकारण चाहँदैनन् २०७५ जेठ २ अघिको एमाले

सिंहदरबार संवाददाता
२०७८ श्रावण ११, सोमबार ११:१७
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)को आन्तरिक किचलोमा सबैभन्दा मुखर भएर आउने केपी ओलीपक्षिय नेता हुन् महेश बस्नेत र गोकुल बास्कोटा ।

उनीहरुले अहिलेको संसद र सरकारलाई जनादेशबाट नभएर परमादेशबाट बनेको भन्ने गरेका छन् । माधव नेपाललाई नै महाधिवेशन हारेको भनिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पार्टी एकता जोगाउन भन्दा पनि वातावरण थप विगार्न बस्नेतले युथ फोर्सका नाममा आतंक मच्चाईरहेका छन् । उता, गोकुल बास्कोटा पनि फेसबुक र ट्वीटरमा माधव नेपाललाई गाली गर्न उद्यत् छन् । यी दुवै नेताले हप्तामा कैयौं मिडियामा अन्तर्वार्ता दिएर ओलीलाई जनमतको नेता भनिरहेका छन् ।

उनीहरुको विचारहरुलाई विश्लेषण गर्ने हो भने पार्टी एकता नचाहेको प्रष्टै देखिन्छ । यी नेताहरु जो आफुलाई केपी ओलीको असली उत्तराधिकारी ठान्छन् र ओलीको महिमा गाउनै आफ्नो समय कटाउँछन्, जो महाधिवेशनमा आफैं पराजित उम्मेदवार हुन् ।

अर्थात् निर्वाचन आयोगमा दर्ज भएको नेकपा(एमाले)को विवरणमा यी दुवै नेताको नाम छैन् । किनभने यी दुवै जनाले नेकपा(एमाले)को ९ औं महाधिवेशनमा यी दुवै जना ओली प्यानलबाट केन्द्रिय सदस्यका उम्मेदवार थिए । तर दुवै भारी मत अन्तरले पराजित भएका थिए ।

अर्थात् जो यतिबेला जनमतको नाममा अरुलाई गाली गरिरहेका छन् उनीहरु नै पार्टी प्रतिनिधीद्वारा नरुचाईएका उम्मेदवार हुन् ।

उनीहरुले पार्टी एकता नचाहनुको एउटा बलियो कारण यो पनि हो कि २०७५ जेठ २ गते अघिको पार्टी संरचना ब्युताउँदा उनीहरुको मनोनित केन्द्रिय कमिटीको पद पनि गायव हुनेछ । अर्थात् महेश बस्नेत युवा संघका पूर्व अध्यक्षमा सिमित हुनेछन् भने गोकुल बास्कोटा काभ्रेको पूर्व पार्टी प्रमुखमा सिमित हुनेछन् । अहिले ओलीको नाममा वरिष्ठ नेताहरुको हुर्मत लिईरहेका यी दुई भाई स्वयं ओलीले टिका लगाएर बनाएका केन्द्रिय सदस्य हुन् ।

माधव नेपालको एमाले बनाउँछु भन्नेहरू स्वयं आफू बिनाको एमाले बन्ला भन्ने डरमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्