Shikhar Insurance

उच्च अदालतले पनि भन्योः महरा बलात्कारी होइनन्

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार १६:००
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदातलबाट सफाइ पाएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासबाट महराले सफाइ पाएका हुन् ।

न्यायाधीशद्वयको इजलासले काठमाडौ जिल्ला अदालतले गरेको फैसला सदर गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

तत्कालीन सभामुख महरालाई रोशनी शाहीले बलात्कारको प्रयास गरेको अरोप लगाएकी थिइन् ।

त्यतिबेला महराले सभामुख पदबाट राजीनामा दिएका थिए । उनीविरुद्ध अदालतमा मुद्दा दायर भएपछि महराको सांसद पदसमेत निलम्बन भएको थियो । उनलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि निलम्बन फुकुवा भएको थियो ।

सरकारवादी मुद्दामा सरकारी पक्ष अब सर्वोच्च अदालत जानेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्