Shikhar Insurance

बहुप्रतीक्षित नेक्सन ईभी बजारमा, मूल्य ३६ लाख रूपैयाँ मात्र

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार १९:०६
NIMB
Nabil Bank

काठमाडौं । बहुप्रतिक्षित इलेक्ट्रिक कार नेक्सन–ईभी नेपाली बजारमा सार्वजिनक भएको छ । टाटा मोटर्सको प्रशिद्ध कम्प्याक्ट एसयूभीको विद्यूतीय भर्सन नेपालमा उपलब्ध गराइएको हो ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले भर्चुअल माध्यमबाट सार्वजनिक गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेक्सन ईभी विद्युतीय सवारीको कम्प्लिट प्याकेज हो जसको न्युनतम मूल्य ३५ लाख ९९ हजार रूपैयाँ मात्र छ । नेक्सनको एक्सएम, एक्सजेड+ र एक्सजेड+ लक्स तीन वटा भेरियन्ट उपलब्ध छन् ।

कारको ब्याट्रीमा कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिएको छ ।

यो नयाँ ई–सीएसयूभीकको ग्राउन्ड क्लियरेन्स २ सय ५ एमएमको छ ।

कारको एक्सजेड प्लस भेरियन्टको मूल्य ३७ लाख ९९ हजार र एक्सजेड प्लस लक्जरी भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान भएको कारमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । कार एक फुल चार्जमा ३ सय किलोमिटर यात्रा गर्न सक्छ ।

सिग्नेचर टिल ब्लु, ग्लेसियर ह्वाइट र मुनलिट सिल्भर गरी तीन कलरमा तीनवटै भेरिएन्टमा उपलब्ध नेक्सन–ईभी अत्याधुनिक जिपट्रोन प्रविधिमा आधारित कार हो ।

नेक्सन ईभीको बुकिङ अनलाइनबाटै गर्न सकिन्छ ।

नेक्सन ईभी सार्वजनिक गर्दै टाटा मोटर्स् प्यासेन्जर भेहिकल्स इन्टरनेसनल बिजनेस हेड मयाङ्क वाल्डीले भने, “अत्याधुनिक ग्रीन टेक्नोलोजी जिपट्रोन प्रविधियुक्त यस गाडीले ग्राहकहरूको अनुभवलाई नँया उचाइमा पुर्‍याउने छ । उत्कृष्ट बनावट र विशेषताका साथै सर्वोत्कृष्ट सुरक्षा, आकर्षक सेवा प्याकेज र पूर्ण डेडिकेटेड चार्जिङ सञ्जालको साथ नेक्सन इभी ग्राहकवर्गलाई एक पूर्ण पर्यावरणको प्रत्याभूति गर्दछ ।”

सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर राणाले टाटा मोटर्ससँगको कम्पनीको साझेदारी निरन्तर बलियो भइहरेको बताए । “नेपालमा नेक्सन इभीको विक्री वितरणको आरम्भ यस्तो सम्बन्धमा एक अर्को कोशेढुंगा हो । यस गाडीले नेपालमा इभीको प्रयोगलाई प्रभावकारी ढंगले प्रोत्साहन गरी नेपाली ग्राहकहरूको बदलिँदो इच्छा र आकांक्षालाई परिपूर्ति गर्नेछ,” उनले भने ।

सन् २०२० को जनवरीमा भारतमा विक्री वितरण सुरु भएको टाटा नेक्सनले छोटो अवधिमै त्यहाँको विद्युतीय सवारी साधनको बजारको ७६.८ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जनाएको छ । भारतमा करिब ४ हजार ५ सय भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले हाल सम्म १८ वटा पुरस्कार जितिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्