Shikhar Insurance

नेपालनिकट जनसंगठनको एकस्वरः १० बुँदे सहमति र एकताका नाममा आत्मसपर्ण अस्वीकार्य

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार २१:२८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिटक जनसंगठनका पदाधिकारीहरूले आफूहरूलाई १० बुँदे सहमती स्वीकार्य नभएको बताएका छन् । वरिष्ठ नेता नेपाल निकट जनसंगठनका पदाधिकारीहरूले नेता नेपाल र सहमति कार्यदलका सदस्यहरूलाई भेटी १० बुँदे सहमती आफूहरूलाई मान्य नभएको बताएका छन् ।

मंगलबार वरिष्ठ नेता नेपाल र कार्यदल सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरी जनसंठगनका पदाधिकारीहरूले १० बुँदे सहमतिका नाममा अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण नगर्न नेतृत्वलाई खबरदारी गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले सिंहदरबारलाई दिएको जानकारी अनुसार उनीहरूले सुरूमा नेता नेपालसँग छलफल गरेका थिए । छलफलमा नेता नेपालले पार्टीको आन्तरिक विवाद र सम्भावित कार्यदिशाबारे आफ्नो धारणा राखेका थिए । त्यसपछि जनसंगठन नेताहरूले १० बुँदे सहमति अपुरो रहेको र त्यसकै आधारमा केपी ओलीसँग आत्मसमर्पण नगर्न नेता नेपाललाई खबरदारी गरेका हुन् ।

संघका अध्यक्ष शाहीका अनुसार उनीहरूले नेता नेपालपछि सहमतिका लागि गठीत कार्यदलका सदस्यहरूसँग सामूहिक छलफल गरेको थियो । सो छलफलमा कार्यकालका सदस्यहरूले १० बुँदे सहमतिबारे ब्रिफिङ गरेका थिए । त्यसपछि जनसंगठनका पदाधीकारीहरूले नेता नेपालसँग भनेका कुरा दोहोर्‍याएका थिए ।

आत्मसमर्पण गर्न नसकिने भन्दै कार्यदल सदस्यहरूलाई यस्तो निर्णयको पछि नलाग्न उनीहरुले चेतावनी दिएका छन् । नेताहरूसँग युवा संघ, अनेरास्ववियुलगायतका जनसंगठनका पदाधीकारीको सहभागिता थियो ।

कार्यदलले गरेको सहमति हनुसार पार्टी एकताका लागि कार्यदलका सदस्यहरूले नेता नेपालमाथि दबाब बढाइरहेका बेला जनसंठगनहरू नेता नेपालको पक्षमा उभिएका हुन् । उनीहरूले नेता नेपालकै अडानलाई साथ दिँदै १० बुँदे सहमति अपुरो रहेको धारणा राखेका हुन् । कार्यदलका सदस्यहरूलाई एकताका नाममा आत्मसमर्पणको बाटोमा नलाग्न उनीहरूको चेतावनी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्