Shikhar Insurance

रिलायबल नेपालमा दोहोरिए लोहनी, प्रिमियममा आईपीओ

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार १०:०३
NIMB
Nabil Bank

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायणबाबु लोहनी दोहोरिएका छन् । लोहनीलाई सिईओमा पुनः नियुक्त गर्ने कम्पनी सञ्चालक समितिको साउन १ गतेको निर्णयलाई बीमा समितिले साउन १२ गते स्वीकृति दिएको हो । समितिको स्वीकृतिसँगै लोहनीले आगामी चार वर्षसम्म कम्पनीको नेतृत्व गर्ने सुनिश्चित भएको हो ।

लोहनीको नेतृत्वमा रिलायबलले संस्थागन सुशासन, प्रविधि मैत्री सेवा, व्यवसाय वृद्धि, अभिकर्ताहरुको सञ्जाल विस्तार र लगानीमा विविधिकरण ल्याउने अपेक्षा गरेको जनाएको छ । कम्पनीले ८२ वटा शाखा कार्यालय मार्फत ३२ लाख बीमितलाई सेवा दिँदै आएको छ । रिलायबलले २०७४ साउन १८ गते लाइसेन्स पाएर असोज १५ गतेदेखि सेवा प्रारम्भ गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रिमियममा आईपीओ
कम्पनीले चालु आर्थिक वर्षभित्रै प्रिमियम मूल्यमा आईपीओ जारी गर्दैछ । बीमा समितिले प्रारम्भिक स्वीकृति दिएसँगै रिलायबलले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । सञ्चालक समितिको निर्णयलाई साधारण सभाबाट पास गरेर प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड जाने तयारी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्