Shikhar Insurance

शनिबार अखिल फोर्सको राष्ट्रिय भेला, माधव नेपालले सम्बोधन गर्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण १४, बिहीबार ०८:४३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहको अनेरास्ववियुले शनिबार अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । पार्टी एकता अभियान र संघर्ष पेचिलो बनिरहेका बेला नेपाल समुहको लडाकु दस्ताका रुपा अघि सारिएको अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले साउन १६ गते शनिबारका लागि बबरमहलस्थित कार्की ब्याङक्वेटमा अखिल फोर्सको राष्ट्रिय भेला डाकिएको बताए । उक्त भेलालाई पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मध्यान्ह १२ बजेका लागि डाकिएका भेलामा देशभरबाट फोर्सका नेता कार्यकर्ता सहभागी हुने पनि उनले बताए । अखिल फोर्सलाई बरिष्ठ नेता नेपालले मार्गदर्शनसहित निर्देशन दिने कार्यक्रम रहेको र त्यसपछि संगठन विस्तारको अभियान थालिने पनि पराजुलीले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्