Shikhar Insurance

वर्षाले अवरुद्ध भएका गाउँका सडक अझै खुलेनन्

सिंहदरबार संवाददाता
२०७८ श्रावण १४, बिहीबार १५:१०
NIMB
Nabil Bank

डोटी । वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो आउँदा एक महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अझै सञ्चालन हुन सकेका छैनन् । भारी वर्षात्का कारण कम्तीमा पनि एक दजर्न बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका थिए । यतिमात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा रहेका व्यापारीले अहिले गाउँमा दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि गरेको स्थानीयवासी उपभोक्ताको आरोप छ ।

यातायातका साधन नहुँदा भरियाका सहायतामा सामान ढुवानी गर्नुपरेका कारण दैनिक उपभोग्य वस्तुको गाउँमा मूल्यवृद्धि गरिएको व्यापारी बताउँछन् । गाउँघरमा अहिले खानेतेल लिटरको रु २००, नुन प्रतिकिलो रु ४०, चिनी रु २०० सम्म लिने गरेको बडिकेदार गाउँपालिकाका स्थानीय उपभोक्ता रामबहादुर खत्रीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

वर्षाले ठाउँठाउँमा पहिरा तथा सडक हिलाम्य भएपछि ती सडकमा सवारी साधन चलाउन बन्द भएका छन् । पहिराका कारण अवरुद्ध भएका यहाँका सडक सञ्चालनका लागि पहल नहुँदा गाडी सञ्चालनमा समस्या भएको शैलेश्वरी यातायात प्रालि दिपायलले जनाएको छ ।

प्रशासनले यातायात सञ्चालनका लागि अनुमति दिए पनि वर्षाले अवरुद्ध भएका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण गाडी चलाउन समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले बताए ।

सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका दिपायल–गड्सेरा, नापानी, राजपुर बोगटान, बिपीनगर–गड्सेरा, बागछेडा, तल्कोट धुर्कोट, मुडभारा, सिलगढी नारीदाङ, गैराधुर्कोटलगायत सडक बिग्रिएर बन्द अवस्थामा छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्