Shikhar Insurance

डेढ अर्बको आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति, कहिले दिन पाइन्छ आवेदन ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १२:५८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा कम्पनीलाई आईपीओ जारीको अनुमति दिएको छ । बोर्डले ३ वटा जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्काशनको स्विकृति दिएको हो ।

जसअनुसार न्यादी हाइड्रोपावर, साहस ऊर्जा र बुद्धभुमी नेपाल हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति पाएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बोर्डले यी ३ कम्पनीलाई स्थानीय र सर्वसाधारण गरी कुल १ करोड ५७ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

न्यादीले जारी पुँजीको २७ प्रतिशत अर्थात् ४० करोड ५० लाख रूपैयाँको ४० लाख ५० हजार कित्ता सेयर आईपीओको रूपमा बिक्री गर्दैछ । न्यादीको सेयर निष्काशन तथा बिक्री प्रबन्धन ग्लोबल आईएमई क्यापिटल हो । यस्तै साहस ऊर्जा र बुद्ध भुमी नेपाल हाइड्रोले जारी पुँजीको ३०–३० प्रतिशत सार्वजनिक निष्काशन गर्दैछन् । साहस ऊर्जाले १ अर्ब ५ करोड रूपैयाँको १ करोड ५ लाख कित्ता र बुद्ध भुमी नेपाल हाइड्रोले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्काशनको अनुमति पाएका हुन् ।

न्यादीले गत मंसिर १० गते बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको थियो । यस्तै साहस ऊर्जाले मंसिर २४ गते र बुद्धभुमी नेपाल हाइड्रोपावरले माघ ८ गते आईपीओ निष्कासन गर्न निवेदन दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्