Shikhar Insurance

ताप्लेजुङका १ सय १ तस्बिर समेटेको पुस्तक सार्वजनिक, सांसद भट्टराईले भनेः पर्यटनका लागि भर्जिन ल्यान्ड

सिंहदरबार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १८:३७
NIMB
Nabil Bank

काठमाडौं । ताप्लेजुङ जिल्लाको १०१ पर्यटकीय फोटोहरु समावेश गरिएको फोटो पुस्तक सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा तयार पारिएको पुस्तक निर्वतमान संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा ताप्लेजुङका सांसद योगेश भट्टराई, पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी लगायतले सार्वजनिक गरे ।

कार्यक्रममा निर्वतमान मन्त्री तथा सांसद भट्टराईले ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड भएको बताउँदै यस प्रकारका फोटोहरुको संकलन तथा प्रकाशनले पूर्व क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरे । उनले नेपालको पर्यटन केही खास क्षेत्रहरुमा मात्र सिमित रहेको अवस्थामा पर्यटनलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको समेत बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘नेपालका धेरै जिल्लामा पर्यटनको प्रचुर सम्भावना छ । त्यसमा ताप्लेजुङ पनि एक हो तर हामीले पोखरा चितवन,पोखरा लुम्बिनी बाहेक अन्यत्र खासै पर्यटक लैजान सकेका छैनौं । यो अवस्थामा यस्ता क्रियाकलापले ती क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सक्नेछ,’ उनले भने । पूर्वमन्त्री भट्टराइले कञ्चनजंघा राष्ट्रिय निकुन्ज क्षेत्र विश्वकै सुन्दर र आर्कषक क्षेत्र भएको बताउँदै त्यहाँको सांस्कृतिक बहुलता र प्राकृतिक सुन्दरतालाई गजागर गर्न सके त्यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने बताए ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीले नेपालको पर्यटन प्रवर्द्धनका लागि फोटो प्रकाशनसँगै अब त्यहाँ जान व्यवसायीहरुले पर्यटकीय प्याकेज बनाउनु पर्ने बताए । उनले बोर्डको सहयोगमा गरिएको यो कामले त्यस क्षेत्र प्रति पर्यटकको आर्कषण बढ्ने उल्लेख गर्दै ती क्षेत्रसम्म पुग्ने पूर्वाधार विकास र अन्य सुविधा थप गर्न सके त्यस क्षेत्रको पर्यटकीय विकास गर्न सकिने बताए ।

‘ताप्लेजुङमा राम्रा र आर्कषक ठाँउ छन तर त्यहाँ पुग्ने सुविधा र त्यसको उचित प्रवद्र्धन भएन भने पर्यटक पुग्दैनन् । त्यसैले प्याकेज सहित प्रवद्र्धन गर्न जरुरी छ,’ उनले भने । रेग्मीले त्यस क्षेत्रको पर्यटकीय विकास लागि थप सहकार्य गर्न बोर्ड तयार रहेको समेत जानकारी दिए ।

किताबमा जिल्लाभरबाट संकलन गरिएका १३ सय फोटाबाट छानिएका १ सय १ फोटो समावेश गरिएको ताप्लेजुङ विकास पत्रकार मञ्चका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्