Shikhar Insurance

प्रदेश नं १ मा एक हजार १४४ सङ्क्रमित

सिंहदरबार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १८:३८
NIMB
Nabil Bank

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस अवधिमा १ हजार १०४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो ।

आज थपिएका सङ्क्रमितहरूमा १ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षणबाट ५६४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१ मध्ये विराटनगरमा ५५, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६/१६, उदयपुरमा चार, खोटाङ र सङ्खुवासभामा दुई/दुई, ताप्लेजुङ र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ । सो अवधिमा प्रदेशमा आज ३९७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२८ महिला र १६९ पुरुष छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात महिला र तीन पुरुष रहेको मन्त्रालयलले जनाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्