Shikhar Insurance

बीमक संघले भन्योः अब कोरोना बीमाको पैसा दिन सक्दैनौं

सिंहदरबार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार २१:३८
NIMB
Nabil Bank

काठमाडौं । बीमक संघले अब कोरोना बीमा वापतको दावी भुक्तानी दिन नसकिने घोषणा गरेको छ । संघले बीमा समितिलाई पत्र नै लेखेर साउन १४ गतेबाट कोरोना बीमा वापतको दावी भुक्तानी स्थगित गरिएको बताएको हो ।

नेपाल सरकारले आफ्नो दायित्व वापतको रकम उपलब्ध नगराएसम्म थप भुक्तानी नदिने संघमा आवद्ध निर्जीवन बीमा कम्पनीका सबै सिईओहरुले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हालसम्म एक लाख ३७ हजार ७ सय ५४ जनाको बीमा दावी भुक्तानी गरिसकेको पनि स्पष्ट पारेको छ । सो दावी भुक्तानी कम्पनीहरुको क्षमता भन्दा बढी भएको पनि उनीहरुले बताएका छन् ।

अझै करिब ९ अर्ब बराबरको दावी भुक्तानी हुन बाँकी छ । बीमा समितिले नेपाल सरकारलार्य पत्र लेखेर साढे ३ अर्ब रुपैयाँ माग गरेको थियो । तर सरकारले हालसम्म रकम निकासा गरेको छैन् । अर्थ सचिव शिशिर ढुंगानाले कोरोना बीमाको रकम निकासा गर्ने तर समिति र कम्पनीहरुले पनि थप केहि रकम तिर्ने समझदारी गर्नुपर्ने बताउँदै आएका छन् । ‘सरकारले आफ्नो दायित्व वापतको रकम तिर्छ, कम्पनीहरुले उपलब्ध गराएको तथ्यांक भेरिफाई गर्नुपर्नेछ’, ढुंगानाले भन्ने गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्