Shikhar Insurance

कोरोना बीमाको दावी भुक्तानी समस्या समाधान हुन्छः अर्थ सचिव

सिंहदरबार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार २१:५४
NIMB
Nabil Bank

काठमाडौं । अर्थ सचिव शिशिर ढुंगानाले कोरोना बीमाको दावी भुक्तानीमा देखिएको समस्या समाधान हुने बताएका छन् । बीमा कम्पनीहरुको छाता संस्था बीमक संघले साउन १४ गतेदेखि कोरोना बीमा वापतको दावी भुक्तानी रोकेपछि सिंहदरबारसँग कुरा गर्दै अर्थ सचिव ढुंगानाले सो समस्या समाधान हुने बताएका हुन् ।

‘हामी जानकार माग्छौं, समितिले केहि पैसा माग गरेको छ, हामी बुझेर समस्याको समाधान गर्छाै’, अर्थ सचिव ढुंगानाले भने ।
बीमा समितिले अर्थ मन्त्रालयसँग कोरोना बीमाको दावी भुक्तानीका लागि साढे ३ अर्ब रुपैयाँ माग गरेर पत्र लेखेको थियो । हाल करिब ९ अर्ब रुपैयाँ दावी भुक्तानी बाँकी नै रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्