Shikhar Insurance

ओली एमालेको स्थायी कमिटी बैठक बस्दै, होला त पार्टी एकता ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १६, शनिबार १०:०८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्